धनुषाको जनकनन्दिनीमा पाँचौ अध्यक्ष गोल्डकप सुरु हुँदै, नेपालको दिग्गज टीमहरु सहभागी हुँदै
न्यूज ब्यूरो, जनकपुरधाम । खेलाडीको भूमि भनेर चिनिने धनुषाको जनकनन्दिनी गाउँपालिकाले पाँचौ अध्यक्ष गोल्डकप सुरु गर्ने भएको छ । जनकनन्दिनी गाउँपालिकाले यही चैत्त १५ गतेदेखि पाँचौँ अध्यक्ष गोल्डकप गर्ने भएको हो । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी फिल्डमा हुने फुटबल गोल्डकपमा ८ टिम सहभागी हुने छ ।

२०७९ चैत ११ शनिबार, दिउँसो २:४० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । खेलाडीको भूमि भनेर चिनिने धनुषाको जनकनन्दिनी गाउँपालिकाले पाँचौ अध्यक्ष गोल्डकप सुरु गर्ने भएको छ ।
जनकनन्दिनी गाउँपालिकाले यही चैत्त १५ गतेदेखि पाँचौँ अध्यक्ष गोल्डकप गर्ने भएको हो । जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरी फिल्डमा हुने फुटबल गोल्डकपमा ८ टिम सहभागी हुने छ ।
स्थानीय महावीर स्पोर्टस क्वलको आयोजना तथा जनकनन्दिनी गाउँपालिकाको आर्थिक सहयोगमा हुने फुटबल गोल्डकप १५ गतेदेखि २१ गतेसम्म चल्ने आयोजक क्लबका सचिव सुनिल कुमार पासवानले जानकारी दिए ।

फुटबल गोल्डकपमा आयोजक महावीर स्पोर्टस टीम, जन उत्थान क्लब सिन्धुली, गोलबजार स्पोर्टस क्लब सिरहा, रियल स्टार क्लब हेटौडा, दमक फुटबल एकेडमी झापा, सल्हेश स्पोर्टस क्बल सिरहा, वीरगँज युनाइटेड टीम पर्सा र भाउने युथ क्लब बेलबारी मोरँगको दिग्गज टिमहरुले प्रदर्शन गर्ने भएको छ ।
“एकतावद्ध देश, खेलकुदको सन्देश” मूल नारासहित गाउँपालिका अध्यक्ष दिपिन देव यादवले सो टुर्नामेन्ट आयोजना गर्न लगाएको हो । युवा र खेलाडीहरुलाई यसप्रति आकर्षितसहित अवसर प्रदान गर्न समेत टुर्नामेन्ट आयोजना गर्न लागिएको अध्यक्ष यादवले बताए ।
विभिन्न जिल्लाका खेलाडीहरु प्रदर्शन गर्ने भएपछि खेलप्रेमीहरुको मोटो सहभागीता रहने भएको छ । खेल दिउँसो ३ बजेदेखि नै सुरु हुने आयोजक समितिले जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…