मधेशका किसानहरुलाई कृषि मन्त्री कुशवाहाको उपहार, अब सबै वडा–वडामा मल उद्योग सँचालन हुँदै
यो परियोजना सँचालन भएपछि अब मधेशका किसानहरुले रसायनिक मलको भर पर्नुनपर्ने भएको छ । आफ्नो वडामै उद्योग भएपछि चाहिने जति जैविक मल लिएर खेतीपाती गरी उर्वराशक्ति समेत बढाउन सक्ने जनाइएको छ ।

२०७९ चैत ७ मंगलबार, राति ९:१८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । मधेश प्रदेशका कृषि मन्त्री ई. बसन्त कुशवाहाले अर्को छलाँग लगाएका छन् । किसानहरुको लागि कृषि मन्त्री कुशवाहाले प्रत्येक वडामै मल उद्योग सँचालनको व्यवस्था गर्ने गरी योजना ल्याएका छन् ।
मधेश प्रदेशको ८ वटै जिल्लामा रहेको १२७० वडामै साना उद्योग सँचालन गरी रसायनिक मललाई विस्थापन गर्दै उर्वराशक्ति बढाउने मल उद्योगा सँचालन गर्ने भएको छ ।
जर्मनी देशको एक सँस्था वेल्ट हँगर लाईफले जैविक प्रविधिबाट आर्गेनिक मलखाद, कम्पोस्ट मल, झोल मल आदि उत्पादन गर्न प्रस्ताव ल्याएको हो ।
यस परियोजना मार्फत सबै वडाहरुमा जैविक प्रविधिको साना उद्योग संचालन हुने छ। यस उद्योगबाट भएका उत्पादनले रसायनिक मललाई विस्थापन गर्ने छ र जमीनको उर्वरा शक्ति बढ़ाउने जनाईएको छ ।
परियोजनाको दातृ संस्थाले जमीन र यसमा प्रयोग हुने शेड बाहेक उद्योग संचालनका लागी आवश्यक सम्पूर्ण सामान, मशीन, प्रविधि, प्रशिक्षण आदि उपलब्ध गराउने कृषि मन्त्री कुशवाहाले जानकारी दिए ।
मन्त्री कुशवाहाले उद्योगका लागी ईच्छुक व्यक्ति, समूह वा संस्थाहरुले चैत्र २५ गते भित्र आफूले संचालन गर्न चाहेको वडा नम्बर सहित सचिवालयमा सम्पर्क गर्न आग्रह समेत गरे ।
यो परियोजना सँचालन भएपछि अब मधेशका किसानहरुले रसायनिक मलको भर पर्नुनपर्ने भएको छ । आफ्नो वडामै उद्योग भएपछि चाहिने जति जैविक मल लिएर खेतीपाती गरी उर्वराशक्ति समेत बढाउन सक्ने जनाइएको छ ।
उनले सचिवालयमा सम्पर्क गर्न निम्न सम्पर्क नम्बरहरु उपलब्ध गराएका छन् ।
ई. बसन्त कुशवाहा - निजी सचिवालय
सन्त साह: +977 9817619069
प्रमोद ईशर: +977 9816339495
अर्जुन कुशवाहा: +977 9811297460
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…