मोदी अवतरणको केही घण्टा बाँकी, जानकी मन्दिर सिल
मोदीले पूजाआजा सम्पन्न गरेपछि मात्र सर्वसाधारणलाई मन्दिर प्रवेश खुल्ला गरिने !

२०७५ बैशाख २८ शुक्रबार, बिहान ७:३९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको जनकपुर भ्रमणको केही घण्टा बाँकी रहँदा जानकी मन्दिर प्रवेशमा रोक लगाइएको छ ।
मोदी भ्रमणलाई लिएर विश्वप्रसिद्ध जानकी मन्दिरमा सुरक्षाकर्मी तैनाथ गरिएको छ भने मोदीले पूजाआजा गर्ने भएपछि विहानैदेखि जानकी मन्दिरको सबै प्रवेशद्धार बन्द गरिएको छ ।
मन्दिरको पूर्वी, दक्षिणी तथा उत्तरी प्रवेशद्धार पूर्णरुपमा बन्द गरिएको छ भने १० बजेर १५ मिनेटमा जनकपुर विमानस्थलमा मोदी अवतरणपछि जानकी मन्दिरमा भव्य पूजाआजा गर्ने कार्यक्रम रहेको छ ।
मोदीले पूजाआजा सम्पन्न गरेपछि मात्र सर्वसाधारणलाई मन्दिर प्रवेश खुल्ला गरिने जनाइएको छ ।
मोदीको यो जनकपुरमा पहिलो धार्मिक भ्रमण हो भने मिथिलावासी मोदीलाई स्वागत गर्न आतुर देखिएका छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…