मलखाद्यमा मूल्य वृद्धि गरेपछि किसानको लागि मात्र डा. सिके राउतले उठाए आवाज
मूल्यवृद्धि गरिएपनि अन्य राजनीतिक दलले कुनै प्रकारको विरोध जनाएका छैनन् । अहिलेसम्म मात्र डा. सिके राउतले किसानको लागि आवाज उठाएका हुन् ।

२०७९ चैत २ बिहीबार, बेलुकी ५:१४ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । रासायनिक मलमा अनुदान कटौती गर्ने सरकारको निर्णयलाई जनमत पार्टीले पनि विरोध गरेको छ ।
जनमत पार्टीका अध्यक्ष डा। सीके राउतले बुधवार राति विज्ञप्ति जारी गरेर मलमा अनुदान कटौती गरेको निर्णयको विरोध गरेका हुन् । उनले मलमा अनुदान बढाउन, पर्याप्त मल खाद खरिद गर्न र समयमै मल खादको सुलभ उपलब्धता सुनिश्चित गर्न माग गरेका छन् ।
‘सरकारले जनताको हितमा काम गर्नु पर्ने र उत्पादनमुखी काममा बजेट बढाउनु पर्नेमा उल्टा मलको समग्र अनुदान ११।८ प्रतिशतले घटाउने निर्णय गर्नु सरकारले गरिब किसानहरूको बेवास्ता गरेको देखिन्छ’, विज्ञप्तिमा भनिएको छ ।
सरकारले रासायनिक मलमा दिइँदै आएको ७०.८२५ अनुदान कटौती गरी ५९.०४५ बनाएको छ । अब किसानले प्रतिकिलो युरियामा रू ११, डिएपीमा रू ७ र पोटासमा रू ९ थप मूल्य भार बेहोर्नु पर्नेछ ।
किसानहरूको हितमा माग सम्बोधन नभए जनमत पार्टी आन्दोलनमा उत्रिन बाध्य हुने अध्यक्ष राउतले चेतावनी दिएका छन् ।
मूल्यवृद्धि गरिएपनि अन्य राजनीतिक दलले कुनै प्रकारको विरोध जनाएका छैनन् । अहिलेसम्म मात्र डा. सिके राउतले किसानको लागि आवाज उठाएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…