उमेशको माफीनामा पत्रको लागि अझ १५ लाख रुपैयाँ बढीको खाँचो
न्यूज ब्यूरो | जनकपुरधाम, २७ बैशाख । उमेश बचाउको लागि जारी "उमेश बचाउ अभियान" अन्तर्गत अहिलेसम्म १५ लाख रुपैयाँ बढीको खाँचो देखिएको छ । १२ मे २०१८ सम्म माफीनामा पत्र दिने वापत बुझाउन भनिएको ३० लाख रुपैयाँ मध्ये अहिलेसम्म बैँक खातामा १५ लाख रुपैयाँ मात्र बढीमा जम्मा भएको हुन सक्ने अनुमान गरिएको छ । उ

२०७५ बैशाख २७ बिहीबार, दिउँसो १२:४६ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो |
जनकपुरधाम, २७ बैशाख । उमेश बचाउको लागि जारी "उमेश बचाउ अभियान" अन्तर्गत अहिलेसम्म १५ लाख रुपैयाँ बढीको खाँचो देखिएको छ ।
१२ मे २०१८ सम्म माफीनामा पत्र दिने वापत बुझाउन भनिएको ३० लाख रुपैयाँ मध्ये अहिलेसम्म बैँक खातामा १५ लाख रुपैयाँ मात्र बढीमा जम्मा भएको हुन सक्ने अनुमान गरिएको छ ।
उमेश बचाउको लागि माफीनामा पत्र वापत चाहिने ३० लाख रुपैयाँको लागि ग्रोविंग नेपाल फाउण्डेशनका अध्यक्ष सरोज रायले अपिल गरेपछि सहयोगी हातहरुले बैँक खातामा रकम सहयोग गर्न सुरु गरेका छन् ।
गएको २९ अप्रिल देखि सुरु भएको उमेश बचाउ अभियान अन्तर्गत फाउण्डेशनको बैँक खाता सार्वजनिक गरिएपछि सहयोगी हातहरुले सहयोग राशी जम्मा गर्ने गरेको छ ।
देश विदेशबाट युवाहरुले उमेश बचाउको लागि रकम बैँकमा जम्मा गरेर भौचरको फोटो समेत पठाउने गरेको छ ।
बैँकमा रकम जम्मा गरेको ३ / ४ दिनपछि मात्र खातामा देखाउने गरेको कथन फाउण्डेशनका अध्यक्ष रायको कथन छ ।
त्यस अनुसार तोकिएको समयमध्ये मात्र २ दिन बाँकी रहँदासम्म करिब १५ लाख रुपैयाँ बैँक खातामा सँकलन भएको अुनमान गरिएको छ ।
हालाँकी बुधबारसम्मको बैँक स्टेटमेन्ट अनुसार ६ लाख रुपैयाँ बढी मात्र देखाइएको छ ।
विभिन्न सँस्थाहरुले लाखौँ रुपैयाँ सँकलन गरेर राखेपनि फाउण्डेशनको बैँक खातामा जम्मा गर्नबाट हिच्किचाएको देखिएको छ ।
उमेशको आमाबुवाको नाममा बैँक खाता भए मात्र रकम जम्मा गर्ने भन्दै आएको छ भने बैँक खाता नभएको खण्डमा बैँक मार्फत वा रेमिटयान्स मार्फत उमेशको बुवा वा आमाको नाममा रकम पठाइदिने जनाइएको छ ।
सँकलन गरी राखिएको रकम बैँक खातामा राखि ३० लाखको लक्ष्य पुरा हुने देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…