सांसद यादवको प्रयासः आँधीबेहरी पीडितले पाउने भए राहत
बिनय यादव सिरहा, २७ बैशाख । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सिरहा निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सांसद राजकिशोर यादवले तराईका सिरहा, धनुषा, सप्तरी महोत्तरीलगायत जिल्लाका आँधीबेहरी पीडितलाई राहत र उद्धारका लागि संघीय संसदमा जोडदार आवाज उठाएपछि सरकारले तत्काल आवासको व्यवस्था गर्न प्रतिपर

२०७५ बैशाख २७ बिहीबार, बिहान ९:५३ बजे३ मिनेट पढाइ

बिनय यादव
सिरहा, २७ बैशाख । राजपा नेपालका अध्यक्ष मण्डलका सदस्य एवं सिरहा निर्वाचन क्षेत्र नं. ४ प्रतिनिधि सभा सांसद राजकिशोर यादवले तराईका सिरहा, धनुषा, सप्तरी महोत्तरीलगायत जिल्लाका आँधीबेहरी पीडितलाई राहत र उद्धारका लागि संघीय संसदमा जोडदार आवाज उठाएपछि सरकारले तत्काल आवासको व्यवस्था गर्न प्रतिपरिवार दुई बण्डल जस्तापाता र मृतकका परिवारलाई १ लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
मन्त्रिपरिषदको आज साँझ बसेको बैठकले प्राकृतिक प्रकोप पीडितका लागि तत्काल आवास व्यवस्थापनका लागि दुई बण्डल जस्तापाता उपलब्ध गराउने निर्णय गरेको सञ्चार तथा सूचना प्रविधि राज्यमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिनुभयो ।
तराई मधेसका जिल्लामा भीषण आँधीबेहरीबाट भएको जनधनको क्षतिप्रति सांसद यादवले गहिरो दुस्ख समेत व्यक्त गरे । उनले सोही प्रसंगमा न्यूज ब्यूरोसँग कुराकानी गर्दै भने ‘आँधीबेहरीले ठूलो क्षति गरेको छ । मानवीय क्षति भएको छ । चौपायाको मृत्यु भएको छ । किसानले लगाएको आँपबाली नष्ट भएको छ । गाउँका गाउँ उजाड भएका छन् । घरहरूका छत उडेका छन् । क्षतिविक्षत् भएको छ । त्यसैकारण आँधीबेहरी पीडितलाई सरकारसँग समयमै राहत र उद्धारका लागि माग गरेको थिए । र, बुधबार साँझ नै बसेको मन्त्रीपरिषदको सो निर्णयलाई पास गरेका छन् ।" उनले भने ।
संसदको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राजपा नेपालका सांसद एवम् अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आँधीबेहरीका कारण सिरहा जिल्लाको मिर्चैया नगरपालिकाको वडा नं। १० मा एकजना वृद्धाको मृत्यु भएको समेत सदनलाई जानकारी गराउनु भएको थियो ।
‘मिर्चैयामा ८० वर्षीया सगुनी महतोको आँधीबेहरीबाट मृत्यु भएको छ’, यादवले भने, ‘आँधीबेहरीबाट भएको नोक्सानीको क्षतिपूर्ति र पीडितहरूको उद्धारका लागि विशेष ध्यान दिइओस् ।’ भनी माग गरेको थियोे । सांसद यादवको विषेश पहल र सक्रियताले सरकार चाँडै उक्त निर्णयलाई पास गरेको हो ।
विपद व्यवस्थापनका लागि प्रधानमन्त्री राहत कोषबाट गृह मन्त्रालयको विपद व्यवस्थापन कोषमा रु। एक अर्ब निकासा दिने निर्णय भएको उहाँले जानकारी दिनुभयो । उक्त राहत उपलब्ध गराउने प्रवन्ध जिल्ला प्रशासन कार्यालयबाट हुने उहाँले थप्नुभयो ।
भारतमा केही दिन अगाडि आँधीबेहरी आउन लागेको पूर्वसूचना दिइएको प्रसंग कोट्याउँदै राजपा नेपालका सांसद यादवले भने, ‘भारतमा पनि आँधीबेहरी आएको थियो । पूर्वसर्तकताका लागि त्यहाँको सरोकारवाला निकायले पहिला नै जानकारी दिएको थियो । तर, हाम्रो मौसम विभाग कहाँ छ रु नेपालीहरू भाग्यको भरोसा बाच्नु पर्ने अवस्था कहिलेसम्म रहनुपर्ने हो रु’ उनले सदनमा भनेका थिए ।
बाढीलगायतका दैविक प्रकोपबाट हुने यस्ता खालका क्षतिलाई न्यूनीकरण गर्नेबारे सरकारले पूर्वतयारीका साथ ध्यान दिनुपर्ने सांसद यादवले बताए । सांसद यादवले पूर्वजानकारी दिन नसक्ने मौसम विभाग र सरोकारवाला मन्त्रीले यसबारेमा सदनलाई जानकारी गराउन पनि माग गरे ।
मुलुकमा बलियो सरकार रहेको बताउँदै राजपा नेपालका सांसद यादवले भने, ‘यो सरकार बलियो छ । जनताले अनुभूति गर्नुपाउनु पर्यो । खाली भाषणबाजीले जनतालाई त्यसको अनुभूति हुँदैन ।’ उनले भने ।
विगतका कठ्याङ्ग्रीदो जाडोमा समेत सांसद यादवले आफ्नो निर्वाचन क्षेत्रमा "न्यानो कम्बल वितरण अभियान" चलाएका थिए । जस अभियानबाट सितलहर पीडितहरुलाई कम्बल लगायत अन्य सामाग्री वितरण गरिएको थियो ।
यादवले पछि अति आवश्यक वस्तुहरु समेत प्रदान गर्ने प्रतिवद्धता जनाए । उनले अबको सम्पूर्ण जिम्मेवारी आफूहरुमाथि रहेको बताए । सरकारले कुनै त्यस्ता अत्यावश्यक निर्णयलाई पासगर्न आलटाल गरे सरकारको प्रतीक्षामा आफनो जनतालाई त्यतिकै नछाड्ने समेत थपे ।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…