आँधीबेहरीले तराईमा भिषण क्षति गरेपछि राजपा सांसद यादवले संसदमा उठाए आवाज
न्यूज ब्यूरो || सिरहा, २६ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालले सिरहासहितका तराई मधेसका जिल्लाहरूमा आएको आँधीबेहरीबाट जनधनको ठूलो नोक्सानी भएको भन्दै राहत र उद्धारका लागि सरकारसँग जोडदार माग गरेको छ । संसदको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राजपा नेपालका सांसद एवम् अध्यक्षमण्डलका सदस्य राजक

२०७५ बैशाख २६ बुधबार, राति ९:०६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो ||
सिरहा, २६ बैशाख । राष्ट्रिय जनता पार्टी नेपालले सिरहासहितका तराई मधेसका जिल्लाहरूमा आएको आँधीबेहरीबाट जनधनको ठूलो नोक्सानी भएको भन्दै राहत र उद्धारका लागि सरकारसँग जोडदार माग गरेको छ ।
संसदको बुधबार बसेको बैठकमा विशेष समय लिएर बोल्दै राजपा नेपालका सांसद एवम् अध्यक्षमण्डलका सदस्य राजकिशोर यादवले आँधीबेहरीका कारण सिरहा जिल्लाको मिर्चैया नगरपालिकाको वडा नं. १०मा एकजना वृद्धाको मृत्यु भएको सदनलाई जानकारी गराए ।
‘मिर्चैयामा ८० वर्षीया सगुनी महतोको आँधीबेहरीबाट मृत्यु भएको छ’, यादवले भने, ‘आँधीबेहरीबाट भएको नोक्सानीको क्षतिपूर्ति र पीडितहरूको उद्धारका लागि विशेष ध्यान दिइओस् ।’
बुधबार बिहानै तराई मधेसका जिल्लाहरूमा आएको आँधीबेहरीबाट ठूलो नोक्सानी भएको छ । थुप्रै सर्वसाधारण घाइते भएको सांसद यादवले बताए । ती घाइतेहरूको उपचारमा ध्यान दिन पनि सरोकारवाला निकायसँग माग गरे । उनले आँधीबेहरीबाट पीडित बनेकाहरूलाई तत्काल उपचार, खानबस्ने र उद्धारको व्यवस्था छिटोभन्दा छिटो गर्नुपर्ने बताए ।
‘आँधीबेहरीले ठूलो क्षति गरेको छ । मानवीय क्षति भएको छ । चौपायाको मृत्यु भएको छ । किसानले लगाएको आँपबाली नष्ट भएको छ’, सांसद यादवले भने, ‘गाउँका गाउँ उजाड भएका छन् । घरहरूका छत उडेका छन् । क्षतिविक्षत् भएको छ’, उनले भने, ‘समयमा राहत र उद्धारमा सरकारको ध्यान जाओस् ।’

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…