उमेश बचाउको लागि नौसयविघाका युवाहरुद्धारा ५६ हजार सहयोग
विनय कुमार यादव | जनकपुरधाम, २५ बैशाख । उमेश बचाउ अभियानमा धनुषाका नौसयविघाका युवाहरुको एक समूहले ५६ हजार रुपैयाँ सहयोग गरेका छन् । विगत १२ वर्षदेखि सउदी अरेबियाको जेलमा जेली जीवन विताइरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ बस्ने उमेश यादवलाई मृत्यूदण्डको सजाय सुनाएपछि माफीनामा वापत माग गरेको ३० लाख र

२०७५ बैशाख २५ मंगलबार, राति ८:४२ बजे१ मिनेट पढाइ

विनय कुमार यादव |
जनकपुरधाम, २५ बैशाख । उमेश बचाउ अभियानमा धनुषाका नौसयविघाका युवाहरुको एक समूहले ५६ हजार रुपैयाँ सहयोग गरेका छन् ।
विगत १२ वर्षदेखि सउदी अरेबियाको जेलमा जेली जीवन विताइरहेका धनुषा कमला नगरपालिका वडा नं. ३ बस्ने उमेश यादवलाई मृत्यूदण्डको सजाय सुनाएपछि माफीनामा वापत माग गरेको ३० लाख रुपैयाँमा ती युवाहरुले ५६ हजार रुपैयाँ सहयोग गरेका छन् ।

धनुषाधाम नगरपालिका वडा नं. ५ नौसयविघाका युवा विजय मण्डलको अगुवाईमा मलेसियाको मलाका शहरमा YHI कम्पनी कार्यरत नेपालि दाजु भाई उक्त गाउँका युवाहरुले ५६ हजार ६ सय २० रुपैयाँ सहयोग राशी प्रदान गरेका हुन् ।
p
न्यूज ब्यूरोकर्मी विनय कुमार यादवको सक्रियतामा गाउँका युवाहरुलाई उमेशको बारेमा जानकारी तथा सहयोगको लागि अपिल गर्दा उनीहरुले उमेश बचाउको लािग माग गरिएको माफीनामा वापतको पत्रको लागि सहयोग गरेका हुन् ।
युवाहरुले ग्रोविँग नेपाल फाउण्डेशनको बैँक खातामा उमेश बचाउको लागि रकम जम्मा गरेका हुन् ।
उमेश बचाउको लागि चाहिने कुल रकम ३० लाखमा अहिलेसम्म मात्र ६ लाख रुपैयाँ बढी जम्मा भएको देखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…