कृषिमन्त्री कुशवाहाको ३० दिनः कर्मचारीमा Fresh Graduate भर्नादेखि ३७ अर्बको मल खरिदसम्मको योजना
९. नापजोख र यकिनपछि मात्र बजेटीकरणः विगतका सरकारले बिना नापजोख, बिना डिपिआर, बिना ईस्टीमेटको कार्यकर्ता पाल्ने बजेट ल्याएको गुनासो गर्दै मन्त्री कुशवाहाले आगामी आर्थिक बर्षमा डिपिआर, प्रस्तावना, ईस्टिमेट, नापजोख गरी योजनामा खर्च हुने जति मात्र बजेट राख्ने बताए । उनले ५ लाख खर्च हुने ठाउँमा पनि पुरानो सरकारले १५ लाखसम्म बजेट राखेकोमा आपत्ति जनाउँदै सकेसम्म बजेट सुधार गर्ने र आगामी बजेटमा पूर्ण सुधार गरी कम खर्चमा अधिक कार्य गराउने योजना अघि सारेका छन् । भ्रष्टाचारी गर्न २ लाख लागत लाग्ने योजनामा पनि १० लाखसम्म बजेट राखिएको बताउँदै उनले अब जनताराज सुरु भएको बताए । उनले लाग्ने खर्च बमोज

२०७९ फागुन १३ शनिबार, बिहान १०:०७ बजे५ मिनेट पढाइ
न्यूज ब्यूरो, जनकपुरधाम । भिजनले सधैँ चर्चामा रहँदै आएका मधेशका कृषिमन्त्री ईन्जिनीयर बसन्त कुशवाहाले मन्त्री पद धारण गरेको ३० दिनको कार्यप्रगति विवरण सार्वजनिक गरेका छन् ।
डा. सिके राउत नेतृत्वको जनमत पार्टीबाट मधेश प्रदेशका भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयका मन्त्री बनेका ई. कुशवाहाले आफ्नो ३० दिने वर्तमान कार्यकालको प्रगति विवरण पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका छन् ।
प्रगति विवरण र योजनाहरुमा मन्त्री कुशवाहाले कृषि पढेका (Passout, fresh graduate) हरुलाई कर्मचारीको रुपमा भर्ना गर्नेदेखि लिएर मधेश प्रदेशका किसानहरुको लागि ३७ अर्ब रुपैयाँसम्मको मलखाद्य खरिदको योजनाहरु सार्वजनिक गरेका छन् ।
मन्त्रालयमा सुशासन कायम गर्नेदेखि लिएर कृषिको ५ बर्षिय योजनाहरु समेत सार्वजनीकिकरण गरेका हुन् । शुक्रबार उनले पत्रकार सम्मेलन मार्फत निम्न १० मुख्य योजनाहरु सार्वजनिक गरेका छन्,
१. मन्त्रालयमा कर्मचारीको सुशासनः मधेश प्रदेशको सरकारी निकायहरुमा देखिएको बेतिथिलाई नियन्त्रण गर्न तथा कार्यालयमा सुशासन कायम गर्नको लागि सरकारी कर्मचारीलाई निश्चित मर्यादा र समयमा उपस्थितिको लागि कार्ययोजना लागू गरेका छन् । मधेश प्रदेशको एक मात्र कृषि मन्त्रालयमा सरकारी कर्मचारीहरुलाई बिहान ९ बजेर ५५ मिनेटमै अनिवार्य कार्यालयमा उपस्थितिको नियम लागू गरिएको छ । एकदिनको लागि दिएको लक्ष्य पूरा गर्नको लागि कर्मचारीलाई मन्त्रालयभित्रै कार्य गर्नुपर्ने व्यवस्था लागूसहित आफ्नो काम पूरा नगरेसम्म मन्त्रालयमै बस्नुपर्ने नियम लागू गरेका छन् । यसले आम सेवाग्राहीलाई सरकारी कर्मचारीले भोली आउनु, हप्तौ दौडाउनु जस्तो कार्य परास्त गरिएको छ भने कर्मचारीले आफ्नो जिम्मेवारी बहनपछि मात्र निस्कन पाउने भएको छ ।
२. मातहतका सबै कार्यालयमा नियमित सफाई र समयमा डयुटीः सरकारी कार्यालयको बेतिथिलाई मध्यनजर गर्दै कृषि मन्त्रालय अन्तर्गत परेको २७ कार्यालयहरुमा नियमित रुपमा सरसफाई, कार्यालय व्यवस्थापन, प्रतिक्षालय निर्माण र समयमा कर्मचारीको उपस्थितिको अवधारणा ल्याएका छन् । यसले मातहतका कार्यालयमा सेवा लिन जाने सेवाग्राहीलाई शून्य परेशानीमा काम तीव्र गतिमा गर्नको लागि उत्तम अभ्यास हुने मन्त्री कुशवाहाले जानकारी दिए । काम प्रक्रियामा रहेको बेला सेवाग्राहीले प्रतिक्षालयमा आरामले समय बिताउन सक्ने अवस्था मातहतको २७ कार्यालयमा लागू गरिने भएको छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…