जनकपुर व्यापार मेलाबाट व्यापारीहरु भाग्दै, ओरकेष्ट्रा नचाएर पैसा असुल्दै उद्योग वाणिज्य संघ
व्यापारमा घाटा हुन थालेपछि आयोजकले ओरकेष्ट्रालाई समेत व्यापारसँगै जोडेर पैसा असुली गर्न थालेका छन् । विभिन्न स्थानबाट आएको व्यापारीहरु पलायन हुन थालेको छ । तर, ओरकेष्ट्रा नाच भने अझै जारी राखिएको छ ।

२०७९ फागुन १० बुधबार, बिहान १०:४३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित लगाइएको व्यापार मेलाबाट व्यापारीहरु भाग्न थालेका छन् ।
अन्तराष्ट्रिय व्यापार मेला भनिएको जनकपुरधाम व्यापार मेलाबाट घाटा लागेपछि व्यापारीहरु भाग्न थालेका छन् भने सोही रकम असुली गर्न आयोजकले नयाँ कतकण्डा अपनाएको छ । आयोजकले दैनिक ओरकेष्ट्रा नचाएर टिकटबाट असुली गर्न थालेका छन् ।
जनकपुरधाम उद्योग वाणिज्य सँघको आयोजनामा जनकपुरको तिरहुतियागाछीमा आयोजना गरिएको व्यापार मेलामा ५ प्रतिशत पनि व्यापार हुन पाएनन् । विभिन्न अन्तराष्ट्रिय कम्पनीहरु समेत सहभागीता जनाएको व्यापार मेलामा व्यापारीहरु घाटा पर्न थालेपछि भाग्न लागेका हुन् ।
व्यापार मेलाको क्षेत्रभित्र राखिएको महिला नर्तकीसहितको ओरकेष्ट्रा डान्स मात्र हेर्न दर्शकहरु गएपनि व्यापार भने चौपट्ट भएको छ । व्यापार अवलोकन भन्दा सर्वसाधारणहरु मात्र ओरकेष्ट्रा हेर्न जाने गरेको छ । २० रुपैयाँको टिकट राखेर आयोजकले व्यापारको सट्टा टिकटोकरहरुको नाच देखाउन थालेका छन् ।
व्यापारमा घाटा हुन थालेपछि आयोजकले ओरकेष्ट्रालाई समेत व्यापारसँगै जोडेर पैसा असुली गर्न थालेका छन् । विभिन्न स्थानबाट आएको व्यापारीहरु पलायन हुन थालेको छ । तर, ओरकेष्ट्रा नाच भने अझै जारी राखिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…