जनकनन्दिनी वडाध्यक्ष फुटबल कपको उपाधी धनुषाधामलाई
समापन खेलमा गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत अयोधी दास लगायत कर्मचारीहरु समेत सहभागीता जनाएका थिए ।

२०७९ फागुन ८ सोमबार, राति ८:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा भएको दोस्रो वडाध्यक्ष फुटबल कपको उपाधी धनुषाधामले हात पारेका छन् ।
सोमबार भएको फाईनल खेलको क्रममा धनुषाको महेन्द्रनगर र धनुषाधामबीच घमासानपछि बराबरीमा टुगिँएको थियो । निश्चित समयमा धनुषाधाम र महेन्द्रनगरले १–१ गोल गरेपछि खेल बराबर भएको थियो ।
समयसीभाभित्र दुवै टिमले अतिरिक्त गोल गर्न नसकेपछि पेनाल्टि प्रणाली गरिएको थियो । पेनाल्टि प्रणालीमा धनुषाधाम १ गोलान्तरले विजयी भएको आयोजक समितिका सुनिल कुमार पासवानले जानकारी दिए ।
फागुन १ देखि सुरु भएको खेल सोमबार सम्पन्न भएको हो । विजेता टिमलाई ३१ हजार रुपैयाँ नगद पुरस्कार सहित मेडल, प्रमाणपत्र प्रदान गरिएको हो ।
वडा नम्बर ४ का वडाध्यक्ष दिलिप कुमार यादवले विजेता उपविजेताहरुलाई सम्मान समेत गरेका थिए । उनले आगामी दिनमा समेत खेलको निरन्तर आयोजना हुने बताए ।
समापन खेलमा गाउँपालिका अध्यक्ष दिपिन देव यादव, उपाध्यक्ष कमला सहगल, विभिन्न वडाका वडाध्यक्ष, प्रमुख प्रशासकीय अधिकृत अयोधी दास लगायत कर्मचारीहरु समेत सहभागीता जनाएका थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…