मधेशका किसानको समस्या अब चाँडै समाधान हुन्छः कृषिमन्त्री साह
अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले आफू समेत किसानकै छोरी रहेकोले किसानको पीडा, समस्या गहिरो रुपमा बुझेको बताइन् । देशलाई कृषि प्रधान भनिएपनि किसानको अपेक्षा बमोजिम सरकार अझै कमजोर रहेको बताउँदै उनले अपेक्षा पूरा हुने बताइन् ।

२०७९ फागुन ५ शुक्रबार, बेलुकी ६:३३ बजे१ मिनेट पढाइ

मुकेश पण्डित, जनकपुरधाम । संघीय कृषि मन्त्री ज्वाला साहले मधेशका किसानहरुका समस्या चाँडै समाधान हुने बताएकी छन् ।
शुक्रबार धनुषाको बनिनियाँस्थित रहेको हर्दिनाथ राष्ट्रिय धानबाली अनुसन्धानमा अनुगमन नीरिक्षण गर्न पुगेकी मन्त्री साहले किसानहरुको मलखाद्यसहित अन्य समस्या समेत चाँडै समाधान गर्ने प्रतिवद्धता जनाईन् ।
“किसानहरुलाई अब कुनै प्रकारको समस्या हुँदैन। किसानहरुका लागि मल,बीउ,सिचाई जस्तो समस्या समयमै छिटोभन्दा छिटो समाधान हुनेछ।”– उनले भनिन् ।
अन्तरक्रिया कार्यक्रममा बोल्दै मन्त्री साहले आफू समेत किसानकै छोरी रहेकोले किसानको पीडा, समस्या गहिरो रुपमा बुझेको बताइन् । देशलाई कृषि प्रधान भनिएपनि किसानको अपेक्षा बमोजिम सरकार अझै कमजोर रहेको बताउँदै उनले अपेक्षा पूरा हुने बताइन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…