बाँधलाई लिएर रौतहटको दर्जनौं गाउँका जनता त्रासमा
न्यूज ब्यूरो || रौतहट, २४ बैशाख । रौतहटको एक नगरपालिकाको विभिन्न वडाहरुका बासिन्दाहरुको ज्यान जोखिमा परेको छ । जिल्लाको बौधिमाई नगरपालिकाको वडा नम्बर २ इनर्वा सहित दर्जनभन्दा बढी गाउँका जनताको ज्यान जोखिममा रहेको पाइएको छ । गत वर्ष लाल बकैया नदिमा आएको बाढिले क्षतिग्रस्त बाँधको मर्मत सम्भार तथा जिर्

२०७५ बैशाख २४ सोमबार, बिहान १०:४५ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो ||
रौतहट, २४ बैशाख । रौतहटको एक नगरपालिकाको विभिन्न वडाहरुका बासिन्दाहरुको ज्यान जोखिमा परेको छ ।
जिल्लाको बौधिमाई नगरपालिकाको वडा नम्बर २ इनर्वा सहित दर्जनभन्दा बढी गाउँका जनताको ज्यान जोखिममा रहेको पाइएको छ ।
गत वर्ष लाल बकैया नदिमा आएको बाढिले क्षतिग्रस्त बाँधको मर्मत सम्भार तथा जिर्णद्धार समेत हाल सम्म नभएपछि दर्जनौ गाउँका बासिन्दाहरु त्रासमय जीवन विताउन बाध्य भएका छन् ।
बर्षायाम सुरु भैसकेकोले आउने बाढिका कारण इनर्बा सहित आसपासका दर्जनौं गाउँ सखाप हुने सम्भावना बढेको हो ।
बाँध पूर्णरुपले क्षतिग्रस्त छ , हल्का पानीको धक्का आए हामी सबै स्वहा हुन्छौं ,राती चिन्ताले निन्द्रा लागन छाडएको छ, हामी के गर्ने कहाँ जाने स्थानीय गणेश यादवले दुखेसो पोखे ।
हाल सम्म यहाँको साँसद अफताब आलम सहित रौतहटको साँसद प्रभु साह सहित कोहि गम्भीर नभएकोले आम जनताहरु झन चिन्तित बनेका हुन् ।
यसैबीच, बौद्धिमाइ नगरका मेयर राजिब रञ्जन यादवले साँसद हरुको संकीर्ण सोचको कारण मर्मत सम्भार नभएको दाबी गरेका छन् ।
आइतबार सँचारकर्मीसहित सो क्षेत्रको निरीक्षन गरि कसैले काम नगराए आफू नै दुई तीन दिनमा मर्मत सम्भार र जे सि बिको सहाराले धार फर्काउने कामको सुरुवात गर्ने भन्दै सर्वसाधारणलाइ चिन्ता नगर्न आश्वासन दिएका हुन ।
आफ्नो भोट बैक बनाउने खेल र आफूसँग समन्वय नगरी साँसद आलम र साह अगाडि बढेको तर काम पनि नगराई जनतालाई मुर्ख बनाइ आफूलाई दोष लगाएको यादवको आरोप छ । 
यसै क्रममा पूर्वमन्त्री समेत रहेका प्रभु साहले दिएको एक अभिव्यक्तिका कारण आफु दुःखी भएको समेत बताए ।
कटान गरेको बाँध मर्मतका लागि आफू हर सम्भव प्रयास गरिरहेको भएपनि गत बैशाख १६ गतेका दिन एउटा सार्वजनिक कार्यक्रममा नगर प्रमुख यादव उपस्थित नरहेको समयमा पूर्वमन्त्री साहले नगर प्रमुखको कारण बांध मर्मतमा ढिलाई भएको भन्ने दिएका अभिव्यक्तिका कारण दुःखी भएको बताइन्छ ।
पूर्वमन्त्री साहले बांध मर्मतका लागि आफु निकट रहेका सभासद, नगर प्रमुख तथा अन्य नेताहरु संग मात्र समन्वय गरेर अगाडि बढीरहेको र आफु संग कुनै समन्वय नै नगरेको नगर प्रमुख यादवले गुनासो गरेका छन् ।
बाढीले कटान गरेको बांधको मर्मतका लागि जल उत्पन्न प्रकोप तथा नदी नियन्त्रण कार्यालय, सिंचाई तथा जलस्रोत मन्त्रालय लगायत प्रधानमन्त्रीको कार्यालयमा समेत पटक पटक जानकारी गरांउदा पनि उताबाट कुनै प्रतिक्रिया प्राप्त हुन नसकेको नगर प्रमुख यादवले बताएका छन् ।
नगर भित्र संचालन हुने जुनसुकै गतिविधी बारे नगरपालिकाको कार्यालयलाई अनिवार्य जानकारी गराउने प्रावधान भएपनि पूर्वमन्त्री साहले कार्यालयलाई कुनै जानकारी विना नै नगर क्षेत्रमा आफ्नो पार्टीको भोट बैंक बढाउन मनोमानी ढंगले अगाडि बढ्न खोजेको नगर प्रमुखले आरोप लगाएका छन् ।
यस सन्दर्भमा सान्सद साह र आलम सङ सम्पर्क गर्दा सम्पर्क हुन सकेन ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…