जनकपुरः मलखाद्य वितरण प्रणालीमा सुधार, किसानलाई सहज
वितरण प्रक्रियामा सुधार भएकोले किसानको गुनासोमा समेत कमी आएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर साहले बताए । पछिल्लो समयमा सहकारीहरु मार्फत वितरण हुने मलखादको व्यवस्थापनमा समस्यामा देखिएकोमा यस वर्ष सो समस्या समाधानका लागि केन्द्रबाट सम्बन्धित पालिकाहरुको खेतीयोग्य जग्गा र उपलब्ध खादलाई सन्तुलित हिसाबले वितरण गरिएकोले किसानको गुनासोमा कमी आएको बताइएको छ ।

२०७९ फागुन १ सोमबार, बिहान १०:३२ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । यस वर्षको हिउँदे सिजनमा मलखाद वितरण प्रणालीमा सुधार देखिएको छ । धनुषा जिल्लाका किसानहरुले गहुँ तथा दलहन खेतीका लागि विगतका तुलनामा यस वर्ष सहज रुपमा मल प्राप्त गरेको कृषि सामग्री कम्पनी लिमिटेड जनकपुरधामका प्रमुख रविकुमार केसरीले बताए ।
पछिल्लो समयमा धनुषाका विभिन्न १८ वटा पालिकास्थित सहकारी संस्था मार्फत युरिया तथा डिएपी मलको वितरणमा समस्या हुने गरेकोमा यस वर्ष वितरण प्रणालीमा केही परिवर्तन गरिएको बताइएकोछ ।
वितरण प्रक्रियामा सुधार भएकोले किसानको गुनासोमा समेत कमी आएको कृषि ज्ञान केन्द्र धनुषाका प्रमुख शंकर साहले बताए । पछिल्लो समयमा सहकारीहरु मार्फत वितरण हुने मलखादको व्यवस्थापनमा समस्यामा देखिएकोमा यस वर्ष सो समस्या समाधानका लागि केन्द्रबाट सम्बन्धित पालिकाहरुको खेतीयोग्य जग्गा र उपलब्ध खादलाई सन्तुलित हिसाबले वितरण गरिएकोले किसानको गुनासोमा कमी आएको बताइएको छ ।
हिउँद सिजनका लागि पहिलो लटमा कम्पनीको जनकपुरधाम र ढल्केवर शाखा गरी करिब २ हजार टन युरिया मल वितरण भइसकेको छ भने अर्को लटमा गत माघ २४ गतेदेखि मल ढुवानी सुरु भइ ५ सय १७ टन मल जनकपुरधाम आइपुगेको कृषि सामग्री कम्पनी लि. का प्रमुख केसरीले जानकारी दिए ।
उनले भने,‘अहिले खाद आउने क्रम जारी नै छ र छिट्टै हिउँद सिजनका लागि खाद आईपुग्नेछ ।’ त्यस्तै धनुषा जिल्लाको हिउँद सिजनमा १५ सय ३५ टन डिएपी खाद पनि आइसकेको र अपवाद बाहेक जिल्लाको १८ वटै पालिकामा वितरण भइसकेको छ ।
हिउँद सिजनको लागि खेती योग्य जग्गा अनुसार जिल्लाको मिथिला नगरपालिकामा ६५ टन, क्षीरेश्वरनाथ नगरपालिकामा ७५.४६ मेट्रिक टन,बटेश्वर गापामा ४१.७० मेट्रिक टन, गणेशमान चारनाथ नगरपालिकामा ८०.४३ मे.टन, लक्ष्मिनियाँ गापामा ८९.३७, धनुषाधाम नपामा ६२.५६ मे.टन, मिथिला बिहारी गापामा ३६.७४ मेट्रिक टन, हंसपुर नपामा ६५.५३ मेट्रिक टन, औरही गापामा २७.८० मेट्रिक टन, सबैला नपामा ५४.६१ मेट्रिक टन, धनौजी गापामा २६.३१ मेट्रिक टन युरिया मल उपलब्ध गराइने कृषि ज्ञान केन्द्रले खेतीयोग्य जग्गा अनुसार खाद वितरण गरिएको जनाइएको छ । त्यसैगरी विदेह नपामा ४७.६६ मेट्रिक टन, शहीदनगर नपामा ६८.५१ मेट्रिक टन, कमला नपामा ६१.५६ मेट्रिक टन, जनकनन्दनी गापामा २३.८३ मेट्रिक टन, मुखियापट्टी मुसहरनियाँ गापामा २८.८० मेट्रिक टन, नगराइन नपामा ८८.३७ मेट्रिक टन, जनकपुरधाम उपमहानगरपालिकामा ८८.३७ मेट्रिक टन गरी ९ सय ९२ मेट्रिक टन युरिया खाद र सोही अनुपातमा डिएपी खाद पनि वितरण गरिएको जानकारी दिइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…