६ महिनादेखि कमला नगरपालिकाको कृषि र पशु शाखा कर्मचारीविहिन, सर्वसाधारणलाई सास्ती
कृषि तर्फ विभिन्न सेवाहरु भएपनि कर्मचारी नहुँदा आम नागरिक प्रभावित भएका छन् । पशु सेवा तर्फ कृतिम गर्भाधारण, समयमा समयमा दिइने पशुलाई खोप, औषधी आदीको कार्यहरु सबै ठप्प रहेका छन् ।

२०७९ माघ २७ शुक्रबार, बेलुकी ७:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको कमला नगरपालिकामा विगत ६ महिनादेखि कृषि र पशु सेवा तर्फको कर्मचारी छैनन् । यो अवधिमा कृषि र पशु सम्बन्धी सेवा लिने सेवाग्राही मार्कामा परेका छन् ।
चालु आर्थिक बर्षदेखि नै दुवै शाखामा कर्मचारी छैनन् । दुवै शाखामा कर्मचारी नहुँदा नगरपालिकाका कृषि शाखाबाट पाइने सेवाहरु समेत ठप्प छन् ।
यस्तै, पशु सेवा तर्फ समेत नगरपालिका कर्मचारीविहिन भएपनि अझै कुनै कदम चालिएको छैनन् । नगरपालिकामा कर्मचारीको अभावमा आम नागरिक सेवाबाट बञिचत भएका छन् ।
कृषि तर्फ विभिन्न सेवाहरु भएपनि कर्मचारी नहुँदा आम नागरिक प्रभावित भएका छन् । पशु सेवा तर्फ कृतिम गर्भाधारण, समयमा समयमा दिइने पशुलाई खोप, औषधी आदीको कार्यहरु सबै ठप्प रहेका छन् ।
गत माघ २५ गते मात्र नगरसभा सर्वसहमतिले पारित भएपछि कर्मचारी समेत खटाइने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…