इन्टर स्कूल यू–१६ क्रिक्रेट च्याम्पीयनसीपमा मोनाष्टिकलाई हराउँदै जनकपुर पब्लिक स्कूल फाइनलमा
खेलको क्रममा जनकपुर पब्लिक स्कूलका ईङगलेस यादवले सर्वाधिक ४ विकेट लिएर आजको खेलको म्यान अफ दी म्याच घोषित भए ।

२०७९ माघ २६ बिहीबार, राति ९:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुरधामस्थित जारी रहेको इन्टर स्कूल अन्डर १६ क्रिक्रेट च्याम्पीयनसिप प्रतियोगितामा जनकपुर पब्लिक स्कूल फाईनलमा प्रवेश गरेको छ ।
विहिबार भएको मोनाष्टिक स्कूल र जनकपुर पब्लिक स्कूलबीचको खेलमा मोनाष्टिकलाई हराउँदे जनकपुर पब्लिक स्कूलले फाईनको यात्रा तय गरेको छ ।
जनकपुर पब्लिक स्कूलले मोनाष्टिकलाई जम्मा ६४ रनको लक्ष्य दिएको थियो । सोही लक्ष्यलाई पछयाउँदै मोनाष्टिक स्कूलले ५७ रनमै अल आउट भएपछि ५ रनले जीत हाँसिल गरेको छ ।
खेलको क्रममा जनकपुर पब्लिक स्कूलका ईङगलेस यादवले सर्वाधिक ४ विकेट लिएर आजको खेलको म्यान अफ दी म्याच घोषित भए ।
पर्सी शनिबार राखिएको फाईनल खेलमा जनकपुर पब्लिक स्कूल र गुगल प्रसाद स्कूल भिडने भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…