जनकनन्दिनी गाउँपालिकामा दोस्रो वडाध्यक्षक फुटबल कप हुँदै
कपको लागि प्रथम बिजेतालाई ३१ हजार नगद तथा उपविजेता टिमलाई २१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल, सम्मानपत्र समेत प्रदान गरिने वडा नम्बर ४ का वडाध्यक्ष दिलिप कुमार यादवले जानकारी दिए ।

२०७९ माघ २५ बुधबार, राति ९:१४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । खेलाडी गाउँ भनेर चिनिने पूर्वी धनुषाको जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ खजुरीस्थित वडाध्यक्षक फुटबल कप हुने भएको छ ।
जनकनन्दिनी गाउँपालिका वडा नम्बर ४ को आयोजनामा दोस्रो वडाध्यक्ष कप हुने भएको छ । आउँदो फागुन १ गतेदेखि सुरु हुने दोस्रो वडाध्यक्ष फुटबल कप फागुन ८ गतेसम्म हुने भएको छ ।
महावीर स्पोर्टस क्लब खजुरीको समन्वयमा आजोजना हुन लागेको वडाध्यक्ष फुटबल कपमा जम्मा ८ ओटा फुटबल टिम सहभागी हुने आयोजक समितिले जनाएको छ ।
सो कपमा बेँगाडाब, खजुरी, मणिमण्डप जनकपुर, गोदार, महेन्द्रनगर, सीतापुर, धनुषाधाम र धारापानी टिम भिडने भएको छ ।
कपको लागि प्रथम बिजेतालाई ३१ हजार नगद तथा उपविजेता टिमलाई २१ हजार रुपैयाँ नगदसहित प्रमाणपत्र, मेडल, सम्मानपत्र समेत प्रदान गरिने वडा नम्बर ४ का वडाध्यक्ष दिलिप कुमार यादवले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…