धनुषाः खोलाबाट अवैध वालुवा गिट्टी उत्खन्न गरि ल्याउने ९ ट्रिपर पक्राउ
ना.८ ख. ८३६२, ना. ८ ख. २०४६, ना.७ ख. ६३९५, ना.१ क. ६८५८, ना.७ ख. ९०२७, One test टिपर थान-१, प्रदेश ००१ ख १८९९, प्रदेश २-०३-००१ क १९७६, ना. ८ ख. २२० नम्बरहरुको ट्रिपर पक्राउ गरी कारवाहीको लागि जिल्ला समन्वय समिति धनुषामा बुझाएको जनाएको छ ।

२०७९ माघ २४ मंगलबार, बेलुकी ७:०९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । खोलाबाट अवैद्य उत्खनन गरी ल्याइरहेको अवस्थामा ९ वटा ट्रिपर पक्राउ गरिएको छ ।
जिल्ला प्रहरी कार्यालय धनुषाको टोलीले धनुषाको क्षीरेश्वरनाथ नगरपालिका वडा नम्बर ५ स्थित रहेको जलाद खोलाबाट अवैद्य बालुवा गिट्टी उत्खनन गरि ल्याईरहेको अवस्थामा ९ ट्रिपरलाई नियन्त्रणमा लिएको हो ।
मँगलबार दिउँसो करिब १२ः५० बजेको समयमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर १९ बेँगाशिवपुरबाट जनकपुरधाम वडा नं. १ शहिदचोक र पिडारीचोकमा ट्रिपर आउँदै आएको सूचनाको आधारमा पक्राउ गरिएको हो ।
खोलाबाट बिना अनुमति र बिना भ्याट बिलकै बालुवा गिट्टी उत्खनन गरी ल्याएको भन्दै ९ वटा ट्रिपर पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
यता, ट्रिपरका मालिक सँजय यादवले भने आफूसँग सबै ट्रिपरको कागजात, उत्खननको अनुमति, भ्याट बिल समेत रहेपनि प्रहरीले बलपूर्वक पक्राउ गरेको आरोप लगाएका छन् ।
जिल्ला समन्वय समितिको अनुमति, खोला उत्खननको अनुमति र कर बिजक (भ्याट बील) दिएपनि प्रहरीले भ्याट बिल नलिएर जबरदस्ती नियन्त्रणमा लिँदै जिल्ला प्रहरी कार्यालय लगिएको गुनासो पोखेका छन् ।
यादवका अनुसार, प्रहरीले भ्याट बिल पछि ल्याएको भन्दै नियन्त्रणमा लिएको बताए । यता, प्रहरीले भने भ्याट बिल नहुँदा मात्र पक्राउ गरिएको तथा पक्राउ गरिसकेको अवस्थामा पछि बिल ल्याएपछि कारवाहीको लागि पठाएको बताएको छ ।
ना.८ ख. ८३६२, ना. ८ ख. २०४६, ना.७ ख. ६३९५, ना.१ क. ६८५८, ना.७ ख. ९०२७, One test टिपर थान-१, प्रदेश ००१ ख १८९९, प्रदेश २-०३-००१ क १९७६, ना. ८ ख. २२० नम्बरहरुको ट्रिपर पक्राउ गरी कारवाहीको लागि जिल्ला समन्वय समिति धनुषामा बुझाएको जनाएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…