मुआब्जाको माग गर्दै महोत्तरीका किसानहरु आन्दोलित
त्यसैगरी, आन्दोलनमा उत्रेका महोत्तरी लोहारपट्टी – ८ का रामविनय महतोले किसानहरुलाई क्षतिपूर्ति वापत उचित मुआब्जा पाउनुपर्ने माग गर्दै आन्दोलन गर्न बाध्य बनेको बताए । चार सय केभी लाइनको तारको मुनिको जग्गा बन्जर हुने अवस्था सृजना हुने निश्चित रहेको बताउँदै सोको क्षतिपूर्तिको व्यवस्था नभएसम्म हामीले काम गर्न नदिने चेतावनीसमेत दिए ।

२०७९ माघ २४ मंगलबार, बिहान १०:२६ बजे२ मिनेट पढाइ

न्यूज ब्यूरो, जलेश्वर । मुआब्जाको माग गर्दै महोत्तरी जिल्लाका तीन पालिकाका किसान आन्दोलित भएका छन् ।
अरुण तेस्रो जलविद्युत आयोजनाको चार सय केभी लाइन भारततर्फ विस्तारका लागि निर्माणाधीन काम अवरुद्ध पारेर किसानहरुले महोत्तरीको बलवा नगरपालिकाको भगवानपुर चोकमा धर्ना प्रदर्शन गरिरहेका छन् । चार सय केभी विद्युत प्रशारण लाइनको लागि निर्माण कार्यको कारण किसानहरुको १० मिटर जग्गाको नेपाल सरकारले ४ लाख ६८ हजार प्रति कठ्ठाको दरले मूल्यांकन गरेको र सोको १५ प्रतिशत मात्रै मुआब्जा दिने भने पछि किसानहरु आन्दोलित बनेको बुझिएको छ ।
किसानको आन्दोलनका कारण विगत पाँच दिनदेखि प्रशारण लाइनको निर्माणाधीन कार्य ठप्प भएको छ । चार सय केभीको लाइन तथा पोल लगायतको निर्माणका लागि १० मिटर र सोको दायाँ र देब्रे पट्टी क्रमशः २३–२३ मिटर सम्मको जग्गा लिने जानकारी आए पनि मुआब्जा भने १० मिटरको मात्रै दिने भएकोले किसानहरु आन्दोलनमा उत्रेका छन् ।
तीन पालिकाका करिब डेढ सय किसानहरु आन्दोलित बनेका छन् । उनीहरुले १५ प्रतिशत मात्र नभई ४६ मिटर र १० मिटर गरी जम्मा ५६ मिटर जग्गाको मूल्यांकन गरी कठ्ठाको ४ लाख ६८ हजारको हिसाबले मुआब्जा दिनुपर्ने माग अघि सारेका छन् ।
माग पुरा नभएसम्म काम हुन नदिने अडान उनीहरुको रहेको छ । महोत्तरीका लोहारपट्टी–८ का वडा सदस्य समेत रहेका भगवानपुरका हरिनारायण मण्डलले किसानहरुसंग कुनै छलफल नै नगरी जग्गा अधिग्रहणको निर्णय गरिएको बताए ।
उनले वास्तविक किसानहरुसंग जग्गाको मूल्यांकन दर के होरु यस पछिको जग्गाको दर रेट के छ चौरीको जग्गाको रेट कति छ लगायतको कुरामा कुनै छलफल नै नगरिकन गरिएको निर्णय आपत्तिजनक रहेको बताए ।
त्यसैगरी, आन्दोलनमा उत्रेका महोत्तरी लोहारपट्टी – ८ का रामविनय महतोले किसानहरुलाई क्षतिपूर्ति वापत उचित मुआब्जा पाउनुपर्ने माग गर्दै आन्दोलन गर्न बाध्य बनेको बताए । चार सय केभी लाइनको तारको मुनिको जग्गा बन्जर हुने अवस्था सृजना हुने निश्चित रहेको बताउँदै सोको क्षतिपूर्तिको व्यवस्था नभएसम्म हामीले काम गर्न नदिने चेतावनीसमेत दिए ।
१० जनाको परिवारको भोजनदेखि स्वास्थ्य,शिक्षा तथा रोजगारीको व्यवस्थाको ग्यारेण्टी सरकारले गर्नुप¥यो अन्यथा सोको जिम्मेवारी सरकारले लिनुपर्ने किसानहरुले माग गरेको बताएका छन् । पाँच दिनदेखि आन्दोलनमा रहेपनि कुनै निकायबाट कसैले कुनै चासोसमेत नलिएको आन्दोलित किसानहरुको गुनासो रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…