'' गाई भैँसी चरते रही'' "मुनिया बेटी पढते रही" नारा सहित विद्यालय भर्ना अयिभान
न्यूज ब्यूरो || रौतहट, २१ बैशाख । ' गाई भैँसी चरते रही'' "मुनिया बेटी पढते रही" "डेली खुर्पी काख मे" "कोपि कलम हात मे" विभिन्न नाराका साथ सुरु भएको रौतहट जिल्लाको कटहरिया नगरपालिकामा रहेको माध्यमिक विद्यालय बगही कटहरिया शैक्षिक सत्र २०७५ को लागी आज वाट भर्ना अभियान शुरु भएको छ। नगरपालिका का नगर प्रम

२०७५ बैशाख २१ शुक्रबार, दिउँसो ३:३७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
रौतहट, २१ बैशाख । ' गाई भैँसी चरते रही'' "मुनिया बेटी पढते रही" "डेली खुर्पी काख मे" "कोपि कलम हात मे" विभिन्न नाराका साथ सुरु भएको रौतहट जिल्लाको कटहरिया नगरपालिकामा रहेको माध्यमिक विद्यालय बगही कटहरिया शैक्षिक सत्र २०७५ को लागी आज वाट भर्ना अभियान शुरु भएको छ।
नगरपालिका का नगर प्रमुख सियाराम कुशवाहा र समाजसेवी तथा दिग्गज नेता नसरूदिन अंसारी आफ्नो दुई शव्द राख्दै शिक्षा माथि अब छड्के चेकजाच हुने र देखिएको कमीकमजोरीलाई तत्कालै समाधान हुने भनिएको छ।
भर्ना अभियान वडा नं ७ का वडा अध्यक्ष हरिभजन साह र वडा नः ८ का वडा अध्यक्ष नवद राय यादव यस विद्यालयका प्र.अ. भुरेन्द्र पंडित (पवन) को संयोजकत्वमा, विद्यालय निरिक्षक वुद्धिमान सोन्फी महतो नागेन्द्र यादव लगायत विद्यालयका विद्यालय व्यवस्थापन समिति सदस्य, विद्यालय शिक्षकहरू र अभिभावक कुमार यादव लगायतहरु कटहरिया नगरपालीका ७ र ८ वडाहरुको दलीत तथा सिमान्तकृत वर्गाहरुलाई लक्षित गरी “हामि सवैको इच्छा निःशुल्क आधारभुत शिक्षा” नारा सहितको व्यानर वनाई भर्ना अभियान संचालन गरेको छ ।
भर्ना अभियान सफल वनाइदिनको लागी सम्पुर्ण अभिभावकहरुलार्ई आग्रह गर्दै घरदैलो कार्यक्रम गरी पहिलो दिन सफलतापुर्वक समापन भएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…