नरहा नगरकप क्रिकेटमा नरहाकै टिमले मारे बाजी
टस जितेर फिल्डीङग रोजेको कल्याणपुर टिमले १९.४ ओभरमा अलआउट भएको थियो । कल्याणपुर टिमले कुल १५३ रन बनाएको थियो । जवाफी कारवाहीमा उत्रेका नरहा टिमले पुरै २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन जोडेपछि विजयी भएको हो । नरहा ३४ रनले विजयी भएको हो ।

२०७९ माघ २२ आइतबार, बिहान ११:४१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, सिरहा । सिरहाका नरहा गाउँपालिकाको आयोजनामा भएको नरहा नगरकप क्रिकेट प्रतियोगितामा आयोजक गाउँपालिका टिमले बाजी मारेका छन् ।
सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ नयाँ चोहर्वास्थित भएको नगरकप क्रिक्रेट प्रतियोगितामा कल्याणुर नगरपालिका र नरहा गाउँपालिकाबीच भएको अन्तिम खेलमा नरहा टिमले विजयी हात पारेको हो ।
टस जितेर फिल्डीङग रोजेको कल्याणपुर टिमले १९.४ ओभरमा अलआउट भएको थियो । कल्याणपुर टिमले कुल १५३ रन बनाएको थियो । जवाफी कारवाहीमा उत्रेका नरहा टिमले पुरै २० ओभरमा ९ विकेट गुमाउँदै १८७ रन जोडेपछि विजयी भएको हो । नरहा ३४ रनले विजयी भएको हो ।
गत माघ ४ गतेदेखि सुरु भएको नगर कप क्रिक्रेट शनिबार माघ २१ गतेसम्म चलेको थियो । शनिबार भएको अन्तिम खेलमा नरहा टिमले विजयी हाँसिल गरेको हो ।
समापन खेलमा गाउँपालिका अध्यक्ष रामप्रमोद यादव उर्फ (डमर यादव) ले विजेता तथा उपविजेता टिमलाई पुरस्कार दिएका थिए ।
गाउँपालिकाको वडा नम्बर ३ का वडाध्यक्ष मो. रुस्तम अन्सारीको अध्यक्षता तथा गाउँपालिका अध्यक्ष डमर यादवको प्रमुख र उप प्रमुख गुलाब देवी चौधरी आतिथ्यमा प्रथम हुने विजेतालाई ४० हजार १०० नगद तथा उपविजेता कल्याणपुर टिमलाई २० हजार १०० रुपैयाँ नगदसहित ट्रफी, मेडल प्रदान गरिएको थियो ।
नगरकप क्रिक्रेट भएपछि गाउँपालिकाका खेलाडी, युवाहरु उत्साहित देखिएका थिए । उनीहरुले जनप्रतिनीधिको प्रशँसा गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…