भारतीय एयरफोर्सका दुई लडाकु विमान दुर्घटनाग्रस्त 

२०७९ माघ १४ शनिबार
रति ८:०३ बजे
न्यूज ब्यूरो, डेस्क

एजेन्सी ।  भारतीय वायुसेनाका २ लडाकु विमान सुखोई ३० र मिराज २००० मध्य प्रदेशको मोरेना जिल्लामा दुर्घटनाग्रस्त भएका छन् । 

मोरेनाका जिल्ला प्रहरी उपरीक्षक आशुतोष बागरीले घटनाको पुष्टि गरेका छन्। मध्य प्रदेशका एडीजी आदर्श कटियारले समाचार एजेन्सी पीटीआईलाई विमान दुर्घटनाको कारण भने स्पष्ट भइनसकेको बताएका छन्। उनले भने, ‘विमान हावामा एकअर्कासँग ठोक्किएका हुन् वा होइनन् भन्ने स्पष्ट छैन।’

दुर्घटनामा परेका लडाकु विमानबाट २ जना पाइलटले आफूलाई विमानबाट अलग गरेको तर तेस्रो पाइलटको जानकारी पाउन नसकेको आदर्श कटियारले बताए। समाचार एजेन्सी पीटीआईका अनुसार दुर्घटना हुनुअघि भारतीय वायुसेनाका २ वटा लडाकु विमान ग्वालियर विमानस्थलबाट उडेका थिए।

घटनाप्रति दुःख व्यक्त गर्दै मध्यप्रदेशका मुख्यमन्त्री शिवराज सिंह चौहानले ट्वीटरमा लेखेका छन्, ‘मुरैनाको कैलारस नजिक वायुसेनाको सुखोई–३० र मिराज–२००० विमान दुर्घटनाको खबर अत्यन्तै दुःखद छ। मैले स्थानीय प्रशासनलाई छिटो उद्धार र राहत कार्यमा वायुसेनालाई सहयोग गर्न निर्देशन दिएको छु। विमानका पाइलटहरू सुरक्षित होस् भनी भगवानसँग प्रार्थना गर्दछु।’

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

मधेशी समुदायसँग होली मनाउन दुबई जाँदै डा. सिके राउतसहित जनमतका नेताहरु 

  • २०७९ माघ १४ शनिबार

न्यूज ब्यूरो, जनकपुरधाम । मधेशी समुदायले विदेशमा आयोजना गर्न लागेको होली महोत्सवमा जनमत पार्टीका अध्यक्ष डा. सिके राउतसहित जनमतका नेताहरु दुबई जान लागेका छन् ।  आगामी मार्च ५ तारिखको हुन लागेको

पूरा पढ्नुहोस्

Bureau Menus