म्याच फिक्सिँगको आरोपमा महबुब आलम र आदिल अन्सारी पक्राउ
उच्च स्रोतले दिएको जानकारीअनुसार पक्राउ गरिएका दुई खेलाडीलाई अहिलेसम्म पनि केन्द्रीय अनुसन्धान ब्यूरो पुर्‍याइएको छैन ।

२०७९ माघ ९ सोमबार, राति ८:५३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । नेपाल टी–२० लिग क्रिकेट प्रतियोगितामा म्याच फिक्सिङ गरेको आरोपमा दुईजना क्रिकेटर पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा पूर्व क्रिकेटर महबुब आलम र आदिल अन्सारी छन् । उनीहरुलाई आज बिहान नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) को टोलीले पक्राउ गरेको हो ।
उनीहरुलाई आज बिहान ११ बजेतिर पक्राउ गरिएको जनाएको छ । नेपाल क्रिकेट संघ क्यानका अध्यक्ष चतुरबहादुर चन्दले दुई खेलाडी पक्राउ परेको पुष्टि गरेका छन् ।
उच्च स्रोतले दिएको जानकारीअनुसार पक्राउ गरिएका दुई खेलाडीलाई अहिलेसम्म पनि केन्द्रीय अनुसन्धान ब्यूरो पुर्याइएको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…