बर्दिवास ब्याडमिन्टन संघको आयोजनामा खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न
कार्यक्रममा मधश प्रदेशका शस्त्र प्रहरीका डिआई जि गणेश ठाडा मगर ,बर्दिवास नगरपालिकाका मेयर प्रहलाद क्षेत्री लगायत स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थिए ।

२०७९ माघ १ आइतबार, दिउँसो १२:३२ बजे१ मिनेट पढाइ

न्युज ब्युरो,जनकपुरधाम । बर्दिवास ब्याडमिन्टन संघका अध्यक्ष गाया प्रसाद गुप्ताको आयोजना खुल्ला ब्याडमिन्टन प्रतियोगिता सम्पन्न भएको छ ।
स्वास्थ्यको लागि खेल रास्ट्रको लागि खेल मुलनारा सहित खुल्ला ब्याडमिन्टन प्रतियोगिता धनुषा ,महोत्तरी ,सर्लाहीका खेलाडीहरु ब्याडमिन्टन प्रतियोगितामा भिडेका थिए । सो खेल भव्यताको साथ खेल भएको बर्दिवास ब्याडमिन्टन संघका अध्यक्ष गुप्ताले बताए ।
सो खेल प्रतियोगिताको सहयोगी अल्का वायरका संचालक दिनेश कुमार महतो र गौतम होटल बर्दिवासका संचालक हिरा गौतमको सहयोग गरिएको थियो । उहाँहरु युवाहरु प्रती बारम्बार सहयोग र खेल प्रती सक्रियता रहेको मानिन्छ ।
सो खेलमा A टिम बाट पवन यादव राम बि.क प्रथम भएका थिए ।
कार्यक्रममा मधश प्रदेशका शस्त्र प्रहरीका डिआई जि गणेश ठाडा मगर ,बर्दिवास नगरपालिकाका मेयर प्रहलाद क्षेत्री लगायत स्थानीय खेलाडीहरुको उपस्थिति रहेको थिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…