बजेट निकासा नहुँदा ६ हजार बालबालिका परीक्षाबाट बन्चित
अनावश्यक बखेडा झिकेर पालिकाका केही प्रतिनिधिले परिषद हुन नदिएको बिष्णु गाउँपालिकाका अध्यक्ष जवाहरलाल यादवले बताए । उन्ले तत्काल प्रकृयागत ढंगले परिषद गरेर काम गर्ने बताए । तर, पालिकामा समयमै परिषद नभएका कारण सम्पुर्ण गतिविधि ठप्प भएको, शिक्षा, स्वास्थ्य, लगाएतका कर्मचारीले महिनौ देखी तलव भत्ता खान नपाएको, विद्यालयका बालबालिकाको भविश्यमाथि खेलवाड भएको कुरा भने अस्वीकार गरे ।

२०७९ पुस ३० शनिबार, राति ८:३७ बजे३ मिनेट पढाइ
न्यूज ब्यूरो, सर्लाही । सर्लाहीको दक्षिणी सिमावर्ती क्षेत्र बिष्णु गाउँपालिकामा बजेट निकासा नहुदा हजारौँ बालबालिका नियमित परिक्षाबाट बन्चित भएका छन् ।
जिल्लाका अन्य पालिकाहरुमा दोस्रो त्रैमाशिक परिक्षा चलिरहदा बिष्णु गाउँपालिकामा भने पहिलोको समेत अत्तोपत्तो छैन् । गाउँपालिकाका जनप्रतिनिधी विचको लुच्छाचुडीका कारण १० वटा सामुदायिक बिद्यालयका ६ हजार बढि बालबालिकाले नियमित परिक्षा समेत दिन नपाएका हुन् । यस पालिकामा परिषद हुन नसक्दा सम्पुर्ण गतिविधि ठप्प प्राय बनेको छ ।
नगरपालिकाले बजेट निकासा नदिएपछि नियमित परिक्षा समेत गर्न नसकिएको एक शिक्षकले बताए । बिद्यालय सगँ कुनै किसिमको आन्तरिक श्रोत समेत नभएकोले पालिकाले नदिए सम्म खाने पानि किन्ने समेत अवस्था नरहेको वडा नम्बर ३ मधुवन गोठमा रहेको माध्यामिक बिद्यालयका प्रधानाध्यापक विजय साहले जानकारी दिए ।
कसरी गर्ने परिक्षा रु परिक्षाको लागि कपी किन्ने पैसा समेत छैन् । उन्ले भने, हामीले तलव खान नपाएको महिनौँ भईसक्यो । अनेकन खालका पारिवारिक समस्या छ । कस्ले बुझने रु नियमित तलव नपाए पछि घर परिवार चलाउन अन्तपनि काम गर्नु पर्ने अवस्था आईसक्यो । तलव नपाउनदा शिक्षक शिक्षिकाहरु समेत नियमित बिद्यालय आउन छाडेका उनीहरुको भनाई छ ।
पालिकामा संचालनमा रहेका अधिकांस बिद्यालयको अवस्था दयनिय बन्दै गएको स्थानीय राम पदारथ यादवले बताए । अभिभावकले समेत बालबालिका बिद्यालय पठाउन छाडिसकेको उन्को भनाई छ । बिद्यालयमा किन पठाउनु रु मास्टर सावहरु कहिले कहिले मात्र आउछन् । उन्ले भने, बिद्यालय र पढाईको बिषयमा कसैलाई चासो छैन् ।
गत अषाढ यता सरकारले दिदै आएको दिवा खाजा समेत बालबालिकाले खान पाएका छैन्न । नगरबाट पैसा आउन छाडे पछि खाजाँ बन्द गरिएको शिक्षकहरुको भनाई छ । विद्यालयहरुमा नियमित परीक्षा नहुदाँ आफुहरु अन्योलमा परेको बालबालिकाहरुको गुनासो छ । बिद्यार्थीहरुले पुस्तक समेत नपाएको गुनासो गरे कक्षा भरिका सबैले एउटै पुस्तकबाट पढ्नु पर्ने बाध्यतारहेको उनीहरुले सुनाए । यस विषयमा पालिकालाई जानकारी गराईएको शिक्षकहरु बताउछन् ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…