युवति बेचबिखन आरोपमा महोत्तरीका श्रेष्ठसहित तीन जना पक्राउ

२०७९ पौष २७ बुधबार
रति ९:०४ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जिल्ला प्रहरी कार्यालय पर्साले वीरगञ्जको एक होटलका व्यवस्थापकसहित ३ जनालाई पक्राउ गरेको छ । 

मानबव बेचबिखन तथा ओसार प्रसारमा संलग्न रहेको आरोपमा प्रहरीले वीरगञ्ज महानगरपालिका वडा नम्बर ८ निवासी ५४ वर्षीय अनिल कुमार अरोडा, महोत्तरीको गौशाला नगरपालिका वडा नम्बर ११ का ३७ वर्षीय रमेशकुमार श्रेष्ठ र लम्जुङको राइनास नगरपालिका वडा नम्बर ४ का ३२ वर्षीय डोलनाथ कट्टेललाई पक्राउ गरेको हो । 

वीरगञ्जको लिंक रोडस्थित रानीपोखरी होटलका व्यवस्थापक अनिल र वैटर रमेशसहित डोलनाथलाई प्रहरीले पक्राउ गरेको हो । होटलमा मानव बेचबिखन तथा ओसारपसारको काम भइरहेको सूचनाको आधारमा प्रहरीले पुष २४ गे राति १० बजे चेकजाँच गर्दा होटलको कोठा नम्बर १०८ मा एक जना युवतीसहित डोलनाथ आपत्तिजनक अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । 

प्रारम्भिक अनुसन्धानका क्रममा २५ वर्षीया युवतिले जबरजस्ती वेश्या वृत्ति गर्न बाध्य पारिएको भनी बयान दिएपछि व्यवस्थापकसहित संलग्न रहेको आरोपमा ३ जनालाई पक्राउ गरेको पर्साका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक दिपक गिरीले जानकारी दिए । 

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

एक्सनमा उत्रिए वडाध्यक्ष अन्सारी, अदालतका कर्मचारीलाई दिएनन् आफ्नो हस्ताक्षर

  • २०७९ पौष २७ बुधबार

न्यूज ब्यूरो, सिरहा । सिरहाको एक वडाध्यक्षको अडानले भत्काउन लागेको गरिबको घर बाँचेको छ । सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रुस्तम अन्सारीले कर्मचारीले नापीमा जालझेल गरेपछि उनले

पूरा पढ्नुहोस्

Bureau Menus