बचतकर्ताको विश्वास कायम राख्नुपर्छः सहकारी विज्ञ साह
आईतबार सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधामको ९ औ वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै विज्ञ साहले सहकारीमा बचतकर्तालाई समय समयमा सम्मान समेत गरी कर्जा सहुलियतको व्यवस्था अनिवार्य गर्न बताए ।

२०७९ पुस २५ सोमबार, बेलुकी ६:५४ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका सहकारी विभाग प्रमुख सँजय कुमार साहले बचतकर्ताको विश्वास कायम राख्नुपर्ने बताएका छन् ।
सहकारी सँस्थाको लागि बचतकर्ता नै मुख्य मेरुदण्ड रहेको बताउँदै बचतकर्तालाई सम्मानसहित विश्वास कायम राख्नुपर्ने सहकारीको धर्म औल्याए ।
आईतबार सजिलो बचत तथा ऋण सहकारी संस्था लिमिटेड जनकपुरधामको ९ औ वार्षिक साधारण सभामा प्रमुख अतिथिको आसनबाट बोल्दै विज्ञ साहले सहकारीमा बचतकर्तालाई समय समयमा सम्मान समेत गरी कर्जा सहुलियतको व्यवस्था अनिवार्य गर्न बताए ।
जेसी जनकपुरका मनोज कुमार साहको अध्यक्षतामा सम्पन्न ९ औं वार्षिक साधारणसभाबाट अध्यक्ष पदमा रामहिर्दय साहसहित अन्य सदस्यहरु निर्विरोध निर्वाचित भएका हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…