भारतमा बस दुर्घटना, ३ नेपालीको मृत्यू
बस दुर्घटनाको कारण खुलेको छैन । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरुले लेखेका छन् । दुर्घटनाको कारण पनि त्यही हुनसक्ने अनुमान छ

२०७९ पुस २५ सोमबार, बेलुकी ५:५१ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतको गुजरातबाट लखनउतर्फ आइरहेको बस दुर्घटना हुँदा ३ जना नेपालीसहित ४ जनाको मृत्यु भएको छ ।
कैलालीका प्रमुख जिल्ला अधिकारी किरण थापाका अनुसार मृत्यु भएका ३ जना नेपालीहरु कैलाली टीकापुरका हुन् । उनीहरुको परिचय भने खुल्न बाँकी छ ।
जिल्ला प्रहरी कार्यालय कैलालीले पनि ३ जना नेपाली र १ जना भारतीय चालक गरी चार जनाको मृत्यु भएको पुष्टि भएको जनाएको छ ।
अन्य १७ जना घाइते भएका छन् । दुर्घटना यही पुस २३ गते राति करिब १२ बजेतिरको हो । बस लखनउभन्दा करिब १५ किलोमिटर टाढा दुर्घटना भएको थियो ।
बस दुर्घटनाको कारण खुलेको छैन । भारतमा केही दिनयता बाक्लो हुस्सु र कुहिरो लागेको छ । भिजिबिलिटी कमजोर भएकाले यात्रा कठिन भइरहेको समाचार भारतीय मिडियाहरुले लेखेका छन् । दुर्घटनाको कारण पनि त्यही हुनसक्ने अनुमान छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…