
न्यूज ब्यूरो, सिरहा । सिरहाको मिर्चैयास्थित रहेको सागरमाथा बोर्डिँग स्कूलमा किशोरीलाई स्प्रीट र औषधी खुवाउँदा भएको मृत्यको घटनामा सँचालकसहित चार जना पक्राउ परेका छन् ।
शुक्रबार सागरमाथा स्कूलकी एक शिक्षिकाले सोही स्कूलमा कक्षा ८ मा पढने बर्ष १५ की सिर्जना कुमारी महरालाई औषधी र स्प्रीट खुवाएपछि मृत्यू हुँदा माहौल तातिएपछि चारजनालाई नियन्त्रणमा लिएर अनुसन्धान थालेको छ ।
सो प्रकरणमा अनुसन्धानको लागि पानी भनेर स्प्रीट खुवाउने आरोप लागेकी शिक्षिका अम्बिका लम्साल र स्कूलका सँचालक प्रदीप तिवारी र दुई विद्यार्थी पक्राउ परेका छन् ।
मुख्य आरोपित भनिएकी शिक्षिका लम्साल र सँचालक तिवारीलाई सो घटनामा सुक्ष्म अनुन्धानको लागि नियन्त्रणमा लिएको छ भने दुई विद्यार्थीलाई स्कूल र प्रहरी कार्यालयमाथि ढुँगामुढा गरेको आरोपमा नियन्त्रणमा राखिएको सिरहाका प्रहरी प्रवक्ता डिएसपी सुभाष बुढाथोकीले बताए ।
न्यूज ब्यूरोसँगको कुराकानीमा डिएसपी बुढाथोकीले उनीहरुलाई सो घटनाको अनुसन्धानको लागि नियन्त्रणमा लिईएको र नाम खुलाउन नमिल्ने बताए ।
शुक्रबार बिहान सिर्जनालाई पेट दुखेपछि उनले औषधी खान शिक्षिका अम्बिका लम्सालसँग पानी मागेकी थिईन् । उनले पानीको साटो जहरिला स्प्रीट दिएपछि उनको फोक्सो सेतो परेर मृत्यू भएको बताइएको छ ।
के कारणले मृत्यू भएको भन्ने बारे पोष्टमार्टमको रिपोर्ट आएपछि मात्र बताउन सकिने प्रहरीले जनाएको छ ।
एक्सनमा उत्रिए वडाध्यक्ष अन्सारी, अदालतका कर्मचारीलाई दिएनन् आफ्नो हस्ताक्षर
- २०७९ पौष २४ आइतबार
न्यूज ब्यूरो, सिरहा । सिरहाको एक वडाध्यक्षको अडानले भत्काउन लागेको गरिबको घर बाँचेको छ । सिरहाको नरहा गाउँपालिका वडा नम्बर ३ का वडाध्यक्ष रुस्तम अन्सारीले कर्मचारीले नापीमा जालझेल गरेपछि उनले
पूरा पढ्नुहोस्