उमेशलाई ३० लाख रुपैयाँको ब्लडमनी माग, परिवारले गरे सहयोगको अपिल !
काशिन्द्र शर्मा || जनकपुरधाम, १५ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड सुनाईएका धनुषाका उमेश यादवलाई पीडित परिवारले माफीनामा वापत ३० लाख नेपाली रुपैयाँ लाग्ने भएको छ । विगत १२ वर्षदेखि सउदी अरेबियाको जुबेल स्थित जेलमा जेली जीवन विताइरहेका उमेशलाई मृत्यूदण्डको अन्तिम फैसला सुनाइएपछि पहल तिव्र पारिएपछि मृ

२०७५ बैशाख १५ शनिबार, बिहान ८:१० बजे२ मिनेट पढाइ

काशिन्द्र शर्मा ||
जनकपुरधाम, १५ बैशाख । सउदी अरेबियामा मृत्यूदण्ड सुनाईएका धनुषाका उमेश यादवलाई पीडित परिवारले माफीनामा वापत ३० लाख नेपाली रुपैयाँ लाग्ने भएको छ ।
विगत १२ वर्षदेखि सउदी अरेबियाको जुबेल स्थित जेलमा जेली जीवन विताइरहेका उमेशलाई मृत्यूदण्डको अन्तिम फैसला सुनाइएपछि पहल तिव्र पारिएपछि मृतक लतिपका परिवारले उमेशलाई माफीको लागि राजी भएको हो ।
माफीनामा पत्रमा मृतक परिवारले हस्ताक्षर गरेपछि मात्र पुनरावेदन अदालत गुहार्न सक्ने विकल्प बचेपछि अभियन्ता सरोज रायले उमेशको तर्फबाट अभिभावक बन्दै माफीनामा पत्र ल्याउन पाकिस्तान गएको थियो ।
मृतक लतिपका जेठा दाजुहरुले माफीनामा पत्र दिएपछि उमेलाई आममाफीको लागि पुनरावेदनमा अपिल गर्ने बाटो खुलेको हो । 
यता, उमेशलाई पीडित पाकिस्तानी परिवारले माफी दिएका हुन भने उनीहरुको अवस्था समेत विपन्न रहेको भन्दै नेपालीहरुले मृतकका परिवारलाई सहयोग गर्ने मानवता र दायित्व बन्छ ।
अभियन्ता रायले गरेको छलफलको आधारमा उक्त परिवारलाई मदत स्वरुप ३० लाख रुपैयाँ मदत गर्नुपर्ने जनाइएको छ ।
सउदी अदालतले मृत्यूदण्डको अन्तिम फैसला सुनाएपछि पीडित परिवारको माफी मात्र विकल्प बचेको अवस्थामा परराष्ट्रय मन्त्रालय, नेपाली दुतावास, पाकिस्तानी दुतावासको सहयोगमा अभियन्ता रायले पाकिस्तान पुगी पीडित परिवारबाट माफीनामा पत्र ल्याएका हुन् ।
"उक्त ब्लडमनीको रकम यसै १५ दिनभित्र अर्थात बैशाख २९ गतेभित्र ( सन् २०१८, १२ मई) सम्म जम्मा गर्नुपर्ने समयसीमा रहेको छ । १५ दिनभित्रैमा ३० लाख रुपैयाँ जम्मा गर्नुपर्ने हुन्छ । "
धनुषाको कमला नगरपालिका वडा नं. ३ तथा साबिक माचि झिटकैया वडा नं. ४ बस्ने ३७ बर्षिय उमेश यादव एउटै कम्पनीमा काम गर्ने पाकिस्तानी नागरिक मो. लतिपको उमेशसँग भएको हाथावाहीको क्रममा दुर्घटनावंश ज्यान गएपछि सउदी अदालतले पूर्ण दोषी मान्दै मृत्यूदण्डको सजाय सुनाएका हुन् ।
सहयोगको लागि अपिल
सउदीमा मृत्यूदण्ड सुनाइएका उमेश बचाउको लागि माफीनामा वापत पीडित परिवारले माग गरेको ३० लाख रुपैयाँ जुटाइदिन उमेशका बृद्ध आमावुवा, छोरा र धर्मपत्नीले आग्रह गरेका छन् ।

विगत १२ वर्षदेखि जेलमै जीवन विताएका उमेशको परिवारमा उमेश मात्र सहारा भएको अवस्थामा एक रुपैयाँ नै कमाउन नपाएको सर्वविदितै छ, यस्तो अवस्थामा थप ऋणमा रहेका उमेशका परिवारले छोरा बचाउनको लागि चाहिने ब्लडमनीको लागि सबै सँघसँस्था, सरोकारबाला व्यक्ति, देशविदेशमा रहेका सहयोगी हातहरुलाई आग्रह गरेका छन् ।
उमेशको सहयोगको लागि उनको बुवाको नामसहित सँयुक्त बैँक खाता खोलिसकेको छ भने विशेष कारणवंश आईतबार विहानै आर्थिक सहयोगको लागि सँयुक्त बैँक खाता सार्वजनिक गरिने छ ।
खातामा जम्मा भएको रकम पीडित परिवारलाई पुगेपछि बाँकी रकम फिर्ता लिन चाहने दातालाई फिर्ता गर्ने प्रतिवद्धता समेत उमेशका बुवाले गरेका हुन्।
उक्त बैँक खातामा पठाइएको रकमको हरेक साँझ वा अबेररातीसम्म बैँक स्टेटमेन्ट पूर्णतः पार्दर्शी गरिनेछ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…