
न्यूज ब्यूरो, जनकपुरधाम । गुडदै गरेको हवाईजहाज एक मन्दिरको टुप्पोमा ठोक्किदाँ पाईलटको मृत्यू भएको छ ।
छिमेमी मुलुक भारतको मध्य प्रदेशको रेवामा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट घाइते भएका छन् ।
रेवा प्रहरीका अनुसार घटना शुक्रबार बिहान भएको हो। यो विमान मन्दिरबाट खसेको बिबिसीले जनाएको छ ।
रेवाका एसपी नवनीत भासिनले दुर्घटना भएको विमान निजी कम्पनीको रहेको र यो तालिमको विमान भएको बताए । चोरहाटा विमानस्थलबाट उडेको विमान रेवाको डुमरी गाउँमा रहेको मन्दिरको माथिल्लो भागमा ठोक्किएको थियो ।
घाइते पाइलटको सञ्जय गान्धी मेडिकल कलेजमा उपचार भइरहेको एसपी नवनीत भासिनले बताए । खराब मौसम र कुहिरोका कारण दुर्घटना भएको अनुमान गरिएको छ । अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सिरहाको चोहर्बा आउँदै डा. सिके राउत
- २०७९ पौष २२ शुक्रबार
न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत आज सिरहाको चोहर्बा आउन लागेका हुन् । सिरहाको पुरानो चोहर्बास्थित आयोजना हुन लागेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न
पूरा पढ्नुहोस्