मध्य प्रदेशमा मन्दिरको टुप्पोमा ठोक्कियो हवाईजहाज, पाईलटको मृत्यू
घाइते पाइलटको सञ्जय गान्धी मेडिकल कलेजमा उपचार भइरहेको एसपी नवनीत भासिनले बताए । खराब मौसम र कुहिरोका कारण दुर्घटना भएको अनुमान गरिएको छ । अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

२०७९ पुस २२ शुक्रबार, दिउँसो १:०३ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । गुडदै गरेको हवाईजहाज एक मन्दिरको टुप्पोमा ठोक्किदाँ पाईलटको मृत्यू भएको छ ।
छिमेमी मुलुक भारतको मध्य प्रदेशको रेवामा भएको विमान दुर्घटनामा पाइलटको मृत्यु भएको छ भने अर्का पाइलट घाइते भएका छन् ।
रेवा प्रहरीका अनुसार घटना शुक्रबार बिहान भएको हो। यो विमान मन्दिरबाट खसेको बिबिसीले जनाएको छ ।
रेवाका एसपी नवनीत भासिनले दुर्घटना भएको विमान निजी कम्पनीको रहेको र यो तालिमको विमान भएको बताए । चोरहाटा विमानस्थलबाट उडेको विमान रेवाको डुमरी गाउँमा रहेको मन्दिरको माथिल्लो भागमा ठोक्किएको थियो ।
घाइते पाइलटको सञ्जय गान्धी मेडिकल कलेजमा उपचार भइरहेको एसपी नवनीत भासिनले बताए । खराब मौसम र कुहिरोका कारण दुर्घटना भएको अनुमान गरिएको छ । अन्य अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…