रहिन्न भारतीय प्रधानमन्त्री मोदीकी आमा

२०७९ पौष १५ शुक्रबार
बिहान ०८:५८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीलाई मातृ शोक परेको छ । मोदीकी आमा हिराबेनको १०० वर्षको उमेरमा शुक्रबार बिहान साढे तीन बजे निधन भएको हो ।

स्वास्थ्यमा समस्या भएपछि हिराबेनलाई अहमदाबादस्थित यूएन मेहता अस्पतालमा भर्ना गरिएको थियो । प्रधानमन्त्री मोदीले आज बिहान सामाजिक सञ्जालमार्फत् आफ्नी आमाको निधन भएको पुष्टि गरेका छन् ।

उनले ट्वीट गरेर भनेका छन्, ‘शानदार शताब्दीको ईश्वरको चरणमा बिराम‘ । आमामा मैले सधैं त्यो त्रिमूर्तिको अनुभूति गरेको छु, जसमा एक तपस्वीको यात्रा, निष्काम कर्मयोगीको प्रतीक र मूल्यप्रति प्रतिबद्ध जीवन समाहित छ ।’

  • 1%
  • 1%
  • 2%
  • 1%
  • 95%
  • 1%

वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न सिरहाको चोहर्बा आउँदै डा. सिके राउत

  • २०७९ पौष १५ शुक्रबार

न्यूज ब्यूरो, सिरहा । जनमत पार्टीका राष्ट्रिय अध्यक्ष डा. सिके राउत आज सिरहाको चोहर्बा आउन लागेका हुन् । सिरहाको पुरानो चोहर्बास्थित आयोजना हुन लागेको वृहत पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्न

पूरा पढ्नुहोस्

Bureau Menus