खुल्ला दारु खाएर ९२ जनाको मृत्यू, दर्जनौ अस्पतालमा

२०७९ पौष १३ बुधबार
बिहान ११:१८ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । खुल्ला दारु (रक्सी) खाएर ९२ जनाको मृत्यू भएको खवर छ । 

छिमेकी मुलुक भारतको पूर्वी राज्य बिहारमा विषाक्त मदिरा सेवनबाट बयानब्बे जनाको मृत्यु भएको छ भने बिरामी भएका कैयौँ अस्पतालमा भर्ना भएका छन् ।

सन् २०१६ मा राज्य सरकारले मदिरा बिक्री र उपभोगमा प्रतिबन्ध लगाए पनि यो महिना दूषित मदिरा पिएर ९२ जनाले ज्यान गुमाएका तथा धेरैलाई अस्पताल भर्ना गरिएको स्थानीय सञ्चारमाध्यमले जनाएका छन् । विषाक्त मदिरा सेवन गरेकाहरूले चक्कर लाग्ने, बान्ता हुने र दृष्टि धमिलो हुने गुनासो गरेका थिए ।

राज्यको राजधानी पटनाबाट ६० किलोमिटर उत्तरपश्चिममा रहेको सारण जिल्लाबाट सुरुमा मृत्यु भएको खबर आएको थियो । त्यहाँ सबैभन्दा धेरै ८५ जनाको मृत्यु भएको तथा २९ जनाले आँखाको ज्योति गुमाएका भारतको सरकारी प्रसारण संस्था अल इन्डिया रेडियोले जनाएको छ । राज्यका विभिन्न अस्पतालमा २१ जनाको उपचार भइरहेको र तीमध्ये आठ जनाको अवस्था गम्भीर रहेकाले ज्यान गुमाउनेको सङ्ख्या अझै बढ्न सक्ने सम्भावना छ । 

यो पनि 

विगत छ वर्षमा बिहारमा विषाक्त मदिराक सेवनबाट एक हजारभन्दा बढीको मृत्यु भएको तथा छ लाख जना जेलमा परेका विपक्षी दलका नेता एवम् बिहारका सांसद सुशीलकुमार मोदीलाई उद्धृत गर्दै स्थानीय सञ्चार माध्यमले जनाएका छन् । 

भारतका चार राज्य गुजरात, मणिपुर, नागाल्याण्ड र बिहारमा मदिरा पूर्णरुपमा प्रतिबन्धित छ भने केही अन्य राज्यमा पनि यो आंशिक रूपमा प्रतिबन्धित छ तर यसको उत्पादन, बिक्री एवम् सेवन रोकिएको छैन । 

यो वर्षको जुलाईमा गुजरातमा विषाक्त मदिरा सेवनबाट ४२ जनाको मृत्यु भएको थियो । नेशनल क्राइम रेकर्ड ब्यूरोका अनुसार भारतमा गत वर्ष नक्कली मदिरा सेवनबाट सात सय ८२ जनाको मृत्यु भएको थियो । सन् २०२० मा पञ्जाबमा विषाक्त मदिरा पिएपछि एक सय २० जनाले ज्यान गुमाएका थिए ।

  • 1%
  • 3%
  • 4%
  • 5%
  • 73%
  • 8%

'यसपाली छठी घाट, आफ्नो सँस्कृति वस्त्रको साथ'

  • २०७९ पौष १३ बुधबार

न्यूज ब्यूरो, जनकपुरधाम । हिन्दु र मुस्लिम धर्मले समेत मनाउने मधेशी समुदायको सबभन्दा ठुलो आस्थाको पर्वमा आधुनिकताले विलय हुँदै गएपछि जनकपुरियन युवायुवतिहरुले जागरुकता अपनाउन सुरु गरेको छ ।  केही बर्ष अगाडीसम्म

पूरा पढ्नुहोस्

Bureau Menus