महोत्तरीमा वडा सदस्यले बाँसको फठ्ठाले हान्दा ३ गम्भिर, काठमान्डौ रिफर !
न्यूज ब्यूरो || जलेश्वर, १३ वैशाख । महोतरीको लोहारपट्टि नगरपालिका –३ का वडा सदस्य रामजी यादवले गुण्डा प्रवृति प्रर्दशन गर्दै तीन जनालाई निर्धात कुटपिट गरका छन् । वडा सदस्य यादवले गुण्डा र आफन्त आफ्ना छिमेकी ८० वर्षिय महबुल कवारी, २५ वर्षिय जिलानी राईन र १५ हैदर राईनलाई निर्धात कुटपिट गरिएको छ । महबु

२०७५ बैशाख १३ बिहीबार, राति ९:०२ बजे१ मिनेट पढाइ
न्यूज ब्यूरो ||
जलेश्वर, १३ वैशाख । महोतरीको लोहारपट्टि नगरपालिका –३ का वडा सदस्य रामजी यादवले गुण्डा प्रवृति प्रर्दशन गर्दै तीन जनालाई निर्धात कुटपिट गरका छन् ।
वडा सदस्य यादवले गुण्डा र आफन्त आफ्ना छिमेकी ८० वर्षिय महबुल कवारी, २५ वर्षिय जिलानी राईन र १५ हैदर राईनलाई निर्धात कुटपिट गरिएको छ ।
महबुल कवारी, हैदर कवारीको उपचारको जनकपुर अञ्चल अस्पतालमा भईरहेको छ भने जिलानीको उपचार जनकपुरमा सम्भव नहुदाँ थप उपचारको लागि काठमाण्डौ रेफर गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
घाईते जिलानीका अनुसार वडा सदस्य यादवले छोरा र वाहिरबाट मान्छे बोलाएर बाँसको चिरपटले कुटपिट गरेको आरोप लगाए । 
गाउँमा निर्माण भईरहेको सडकको लागि वडा सदस्य यादवले आफ्ना जग्गा जोगाई एकतर्फी ८ फिट जग्गा लिने गरि नाप नक्सा गराउन गर्दा विरोध गरेपछि आफुहरुलाई कुटपिट गरेको महबुल कवाडीले बताए ।
राईनको टाउँको र आखामा गम्भिर चोट लागेको छ । घाईते राईनले भने,‘ एकतर्फी सडक विस्तारको काम नगर्नु भनेर सम्झाईरहदाँ उनका छोरा वासको चिरपटले टाउँमा आक्रमण गरे ।’


यता, घटनामा संलग्न भएका वडा सदस्य रामजी यादवलाई प्रहरीले नियनत्रणमा लिई छाडेको छ । इलाका प्रहरी कार्यालय लोहरपट्टीले आर्थिक प्रभाव र राजनीतिक दवावमा उनलाई छाडेको पीडित परिवारको आरोप छ ।














टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…