नेपाल T-20 क्रिकेट लीगमा जनकपुरधाम ५ विकेटले विजयी

२०७९ पौष १० आइतबार
बेलुकी ५:२२ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । जनकपुर रोयल्सले पोखरा एभेन्जर्सलाई ५ विकेटले पराजित गर्दै नेपाल टी२० लिगमा विजयी सुरुवात गरेको छ ।

पोखराको भने यो लगातार दोस्रो हार हो । यसअघि शनिबार भएको पहिलो खेलमा पोखरा टिम काठमाडौं नाइट्ससँग पराजित भएको थियो ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आइतबारको दोस्रो खेलमा पोखराले दिएको १३९ रनको लक्ष्य जनकपुरले १७।४ ओभरमा ५ विकेट गुमाएर पूरा गर्‍यो ।

जनकपुरका लागि सन्दीप जोराले २९ बल खेल्दै २ चौका र ३ छक्का मद्दतमा अविजित सर्वाधिक ४० रन बनाए । ओपनर सागर पुनले ३५ बलमा ३८ रन बनाए । चाड्विक वाल्टनले १९ रन जोडे । कप्तान ट्रेभान ग्रिफिथ र राजेश पुलामीले समान ९ रन बनाए ।

पोखराका जाहिर खानले सर्वाधिक ३ विकेट लिए भने कप्तान शरद भेषावकर र मौसम ढकाकले १र१ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङ गरेको पोखरा एभेन्जर्सले १९।४ ओभरमा अलआउट हुँदै १३८ रनको योगफल खडा गरेको थियो ।

पहिलो ओभरमै ओपनर उरुल थरंगा २ रन बनाएर आउट भए पनि अर्का ओपनर आसिफ शेख, अमिर हम्जा र सिद्धान्त लोहनीले पोखराको इनिङ्स सम्हालेका थिए ।

आसिफ शेखले ३९ बल खेल्दै ४ चौका र २ छक्का मद्दतमा सर्वाधिक ५० रन बनाए । हम्जाले १८ रन जोड्दा चौथो नम्बरमा प्रमोट गरिएका लोहनीले १६ बलमा २९ रन बनाउने क्रममा चार छक्का प्रहार गरे ।

त्यसपछि नाटकीय रुपमा पोखराको विकेट पतन हुँदा १११/९ को अपस्थामा पुगेको थियो । तर, अन्तिम विकेटको रुपमा आउट हुनुअघि प्रतिश जिसीले आक्रमक ब्याटिङ गर्दै २८ रन बनाए । उनले १८ बल खेल्दै ४ छक्का प्रहार गरे ।

जनकपुरका लागि केस्रिक विलियम्सले सर्वाधिक ३ विकेट लिए । ललित राजवंशी र शरफुद्दिन असरफले २/२ तथा सोमपाल कामीले १ विकेट लिए ।

  • 0%
  • 0%
  • 25%
  • 0%
  • 0%
  • 0%

कर्जन्हाका तत्कालिन मेयरविरुद्ध भ्रष्टाचार मुद्दा, तत्कालिन हाकिम र लेखापाल निलम्बन

  • २०७९ पौष १० आइतबार

न्यूज ब्यूरो, सिरहा । सिराहाको कर्जन्हा नगरपालिकाका तत्कालीन नगर प्रमुख गंगा पासमानसहित ५ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०७८र७९ मा नगरपालिकाको प्रशासनिक

पूरा पढ्नुहोस्

Bureau Menus

} }