क्रिकेट टुर्नामेन्टमा मुनलाइट कलेजलाई पराजित गर्दै नासा कलेज विजय
नासा क्रिकेट टिमका मार्गदर्शक तथा लगनशील, सक्षम, प्रेरणादायी कोच सिराहा जिल्लाका युवा विद्यार्थी तथा नासाका शिक्षक दिवस टाईगर (पटेल) थिए । देशको राजधानी काठमाडौंमा आफ्नो टिमलाई विजय बनाउन सफल भएको भन्दै नासा कलेजका द्वारा आभार समत प्रकट गरेका छन्।

२०७९ पुस ३ आइतबार, राति ९:३२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, काठमाडौँ। काठमाडौँको ललितपुरमा अवस्थित निष्ट कलेज द्वारा आयोजना गरिएको अन्तरकलेज नकआउट क्रिकेट टुर्नामेन्टमा नासा कलेजले मुनलाइट मोलिस् कलेजलाई पछ्याउँदै विजय भएको छ।
गत पुष २ गते शनिबारको दिन आयोजना गरिएको क्रिकेट टुर्नामेन्टमा नासा कलेजले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै मोलिस् कलेजलाई पराजित गर्दै विजय भएको छ ।
उक्त, क्रिकेट टुर्नामेन्ट ललितपुर स्थित निष्ट कलेजले आयोजना गरेको थियो। सो, खेल सातदोबाटो मैदानमा सम्पन्न गरिएको थियो। मैदानमा मोलिस् कलेजले टस जितेपछि ब्याटिङ रोजेका थिए। १५ ओभरको खेलमा नासाका खेलाडीले ७ ओभरमै मोलिसका सबै खेलाडीलाई अल आउट गरि जम्मा ३७ रनमा प्याक गरेका थिए।
नासा कलेजले सोही लक्ष्य ६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरि विजय भइ क्वाटर फाइनलमा प्रवेश गरेका छन्। नासा क्रिकेट टिमका क्याप्टेन राहुल साह थिए भने उक्त खेलमा ५ विकेट लिई अरविन्द यादव म्यान अफ दि म्याच भएका थिए।
नासा क्रिकेट टिमका मार्गदर्शक तथा लगनशील, सक्षम, प्रेरणादायी कोच सिराहा जिल्लाका युवा विद्यार्थी तथा नासाका शिक्षक दिवस टाईगर (पटेल) थिए । देशको राजधानी काठमाडौंमा आफ्नो टिमलाई विजय बनाउन सफल भएको भन्दै नासा कलेजका द्वारा आभार समत प्रकट गरेका छन्।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…