
न्यूज ब्यूरो, काठमाडौँ। काठमाडौँको ललितपुरमा अवस्थित निष्ट कलेज द्वारा आयोजना गरिएको अन्तरकलेज नकआउट क्रिकेट टुर्नामेन्टमा नासा कलेजले मुनलाइट मोलिस् कलेजलाई पछ्याउँदै विजय भएको छ।
गत पुष २ गते शनिबारको दिन आयोजना गरिएको क्रिकेट टुर्नामेन्टमा नासा कलेजले आफ्नो उत्कृष्ट प्रदर्शन गर्दै मोलिस् कलेजलाई पराजित गर्दै विजय भएको छ ।
उक्त, क्रिकेट टुर्नामेन्ट ललितपुर स्थित निष्ट कलेजले आयोजना गरेको थियो। सो, खेल सातदोबाटो मैदानमा सम्पन्न गरिएको थियो। मैदानमा मोलिस् कलेजले टस जितेपछि ब्याटिङ रोजेका थिए। १५ ओभरको खेलमा नासाका खेलाडीले ७ ओभरमै मोलिसका सबै खेलाडीलाई अल आउट गरि जम्मा ३७ रनमा प्याक गरेका थिए।
नासा कलेजले सोही लक्ष्य ६ ओभर ४ बलमा ३ विकेट गुमाएर पूरा गरि विजय भइ क्वाटर फाइनलमा प्रवेश गरेका छन्। नासा क्रिकेट टिमका क्याप्टेन राहुल साह थिए भने उक्त खेलमा ५ विकेट लिई अरविन्द यादव म्यान अफ दि म्याच भएका थिए।
नासा क्रिकेट टिमका मार्गदर्शक तथा लगनशील, सक्षम, प्रेरणादायी कोच सिराहा जिल्लाका युवा विद्यार्थी तथा नासाका शिक्षक दिवस टाईगर (पटेल) थिए । देशको राजधानी काठमाडौंमा आफ्नो टिमलाई विजय बनाउन सफल भएको भन्दै नासा कलेजका द्वारा आभार समत प्रकट गरेका छन्।
गाई र भैँसीको बोसो (तेल) मिलाबट गरी घ्यू बनाएर बेच्ने डेरी सँचालक पक्राउ
- २०७९ पौष ३ आइतबार
न्यूज ब्यूरो, रौतहट । गाई र भैँसीको बोसो प्रयोग गरी घ्यू बनाएर बिक्री गर्दै आएका दूध डेरी पसलमा रौतहट प्रहरीले मंगलवार छापामारी गरेको छ । रौतहट जिल्लाको गौर नगरपालिका– ५ स्थित
पूरा पढ्नुहोस्