नेहा–पँकजको सम्बन्धबीच निहारिका भिलेन, क्षतिपूर्ति असुल गर !
सम्पादकीय | अहिले चर्चामा रहेको डाक्टर पँकज चौधरी र नेहा चौधरी प्रकरण झन उग्र बनाइदै गएको छ । परिवारिक असन्तुष्टि र झगडालाई कथित महिला अधिकारकर्मीको नाममा परिवारमा भाँडभैलो मच्चाउने निहारिका सिँह राजपुत र सोही अधिकारकर्मीको उक्साहटमा सस्तो लोकप्रियताको लागि उक्सेकी पीडित भनिएकी नेहा चौधरीले सरकारी स

२०७९ पुस १ शुक्रबार, बिहान ९:४५ बजे४ मिनेट पढाइ

सम्पादकीय | अहिले चर्चामा रहेको डाक्टर पँकज चौधरी र नेहा चौधरी प्रकरण झन उग्र बनाइदै गएको छ ।
परिवारिक असन्तुष्टि र झगडालाई कथित महिला अधिकारकर्मीको नाममा परिवारमा भाँडभैलो मच्चाउने निहारिका सिँह राजपुत र सोही अधिकारकर्मीको उक्साहटमा सस्तो लोकप्रियताको लागि उक्सेकी पीडित भनिएकी नेहा चौधरीले सरकारी सम्पतिमा आगजनी, तोडफोड गराउन थालेपछि उनीहरुको बदनियत समेत बाहिर आएको छ ।
आफूलाई कुमारी आमा भनेर प्रचार गर्दै आएकी निहारिकाले डाक्टर पँकज चौधरी र नेहा चौधरीको बीचमा भिलेन ईन्ट्री गरी आन्दोलनको नाममा अराजकता फैलाउन सम्म गरिएको छ ।
प्रेम विवाह गरेकी नेहा चौधरीले पँकजसँग कुनै परिवारिक असन्तुष्टिलाई लिएर खटपट भएपछि सोही मौकाको फाईदा उठाउँदै निहारिकाले उनीहरुबीच झन दरार पैदा गर्न मुख्य भूमिका निर्वाह गरिन् ।
यसअघि विभिन्न परिवारिक झगडा, कलहमा महिला अधिकारकर्मीको नाममा कथित अधिकारकर्मीहरुले सिँगो परिवार नै सखाप, सम्बन्ध विच्छेद, मानमर्दन जस्ता कार्यमा निरन्तर खटि रहेको उदाहरणबीच निहारिकाले आफ्नो व्यक्ति स्वार्थपूर्तिको लागि नेहा चौधरी काण्डलाई प्रयोग गरिएको देखिन्छ ।
विभिन्न अन्तराष्ट्रिय गैर–सरकारी सँस्थामा कार्यरत कथित अधिकारकर्मीहरुको झुठो उक्साहटमा परी सस्तो लोकप्रियताकै लागि पँकज–नेहाको घटनालाई मुद्दा बनाएको देखिएको छ ।
आफ्नो अधिकारको लागि लडेकी कुमारी आमा भनिने निहारिका सिँह राजपुतको आन्दोलनको क्रमको कारनामालाई मिडियाहरुले स्थान दिँदा उनलाई झन लोकप्रियता कमाउने भूत सवार हुँदा पँकज चौधरी र नेहा चौधरीबीचको मुद्दालाई उनले अस्त्र बनाएको महसुस गरिएको छ ।
नेहा चौधरीले आफ्नै श्रीमान डाक्टर पँकज चौधरीविरुद्ध एकदुई होईन पाँच पाँच वटा मुद्दा दायर गर्दा नेहा कथित महिला अधिकारकर्मीको उक्साहटमा, प्रभावमा परेको प्रष्टीएको छ ।
आफू प्रेम विवाह गरेको स्वीकारेकी नेहा चौधरीले बिहेको करिब एक बर्षपछि आफूलाई यातना दिएको कुरा मिडियामा सुनाउन थालिन् । उनले पहिले सरोकारबाला निकायभन्दा पनि उक्साहटमै समाजिक सँजाल मार्फत कथालाई फैलाउन सफल भएको कुरा सर्वविदितै छ । उनलाई समाजिक सँजालमै त्यस्तो लेख्न उक्साएको प्रष्टिन्छ । उनलाई भाषा शुद्धता, युनिकोड लेखनप्रति अरुले शब्दहरु थपेको देखिन्छ ।
नेहा चौधरीलाई कानुनी सहायताभन्दा पनि परिवारिक सदस्यहरुसँगै दुवै जनाबीचको सम्बन्ध सुधार गर्न भूमिका खेल्नुपर्ने ठाउँमा कानुनी सहायता भन्दा समाजिक सँजालको तरँगले दुवै जनाबीचको सम्बन्धलाई झन खतरामा पारिदिएको अवस्था छ । यसरी नेहाले के चाहेको भनेर अझै प्रष्ट भएको छैन् । यसअघि उनले पँकजसँगै बस्नुपर्ने बताएपनि उनको कारनामाले उनी सम्बन्ध बिच्छेद नै गरी उनको परिवारलाई हुल हुज्जत र सार्वजनिक बदनामी गर्ने उदेश्य बोकेको प्रष्ट देखिएको छ ।
परिवारमा खटपट हुँदा सुरुमै सम्बन्धित स्थानीय तहको न्यायपालिकामा जानुपर्नेमा नेहा चौधरीले उनै कथित अधिकारकर्मीको मुद्दा बन्न पुगिन् । उनले न्यायिक समिति वा नजिकको प्रहरी चौकीमा जानुभन्दा समाजिक सँजालको मार्फत मुद्दालाई हाईलाइट गराएको देखिन्छ ।
अहिले जिल्ला प्रहरी कार्यालय महोत्तरी र जिल्ला प्रशासन कार्यालय महोत्तरीमा नेहा चौधरीको मुद्दा विचाराधिन रहेको अवस्थामा बुधबार र विहिबार सस्तो लोकप्रियता कमाउने चक्करमा गराएको सार्वजनिक सम्पतिको तोडफोड र आगजनीले उनीहरुको मनसुब्बा सर्वसाधारणले बुझिसकेको छ । पँकज चौधरीसँग सेफ ल्याण्डिँगको साटो पँकजसँग मोटो रकम असुल्ने दाउमा रहेकी निहारिका र नेहाको मनसाय बाहिर आएको छ ।
प्रेम विवाह गर्दा दाईजोको कुनै तुक हुनुभएन । आफूलाई साक्षर भनाउँदा नेहा चौधरीले बिहेमै दाईजो माग्दा एक शब्द नबोली अरुलाई देखाउने प्रयोजनले पनि मात्र तामझामका साथ बलिवुड स्टाईलममा बिहे गरिन् । अहिले आन्तरिक कलह उत्पन्न भएपछि सोही तामझामको खर्चलाई दाईजोमा परिणत गरी दाईजो लिएको भन्दै अफवाह फैलाएको कुरा डाक्टर पँकज चौधरीले अस्विकार गर्दै आएका छन् ।
डाक्टर पँकज चौधरीले दुई अस्पतालको जागिर गुमाउनुको साटो प्रतिष्ठा समेत गुमाएका छन् । घरभित्रै वा न्यायिक समिति, समाजमै मिलाउन सकिने घटनालाई उग्र बनाएर मिडियाबाजी गरेपछि नेहा र पँकज दुवैलाई नोक्सान भएपनि फाईदा भने कुमारी आमा भनाउने निहारिका राजपुतलाई भएको छ ।
पँकज चौधरी र नेहा चौधरीबीको सम्बन्धलाई नै मुख्य मुद्दा बनाएर निहारिकाले मिडियामा लोकप्रियता कमाउने दाउमा अर्ध सफल भईन् । यदि, नेहा र पँकजबीचको सम्बन्ध बिच्छेद हुन्छ भने यी दुवै जनालाई पुनः अर्को वैवाहिक सम्बन्ध बनाउन निकै कठिन हुनसक्छ ।
श्रीमानश्रीमतिबीचको सम्बन्धलाई मुद्दा बनाएर डलर कमाउने कथित समाजसेवी, अधिकारकर्मीहरुलाई लगाम लगाउनु जरुरी छ । सस्तो लोकप्रियताको लागि श्रीमान श्रीमतिबीचको सम्बन्धलाई नै मुद्दा बनाएर भँजाउँदै परिवारिक सम्बन्ध र समाजलाई सखाप पार्न खोज्ने डलरे अधिकारकर्मीहरुलाई कानुनी दायरामा ल्याउनु आवश्यक छ ।
साथै, अधिकारको नाममा सरकारी सम्पतिको तोडफोड, आगजनी, सरकारी कर्मचारीमाथि आक्रमण, प्रहरीमाथिको आक्रमणलाई साधारण रुपमा नलिई सम्पूर्ण क्षतिपूर्ति नेहा चौधरी र निहारिका राजपुतबाट असुल गर्नुपर्छ ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…