पाकिस्तान अपडेट : उमेशलाई पीडित परिवारले दिए माफी ! (भिडियो सहित)
हालाकी अधिकारीक रुपमा काजगी प्रक्रिया भने मात्र पुरा भएको छैन ।

२०७५ बैशाख १२ बुधबार, दिउँसो २:०४ बजे१ मिनेट पढाइ

काशिन्द्र शर्मा ||
जनकपुरधाम, १२ बैशाख । सउदीमा मृत्यूदण्ड सुनाइएका धनुषाका उमेश यादवालाई माफी दिनको लागि पीडित परिवार राजी भएका छन् ।
तराई मधेस राष्ट्रिय परिषद्का सदस्य एवम् समाजिक अभियन्ता सरोज रायले फोनमा गरेको कुराकानीको आधारमा पाकिस्तान पुगेका अभियन्ता रायले उमेशलाई माफी दिनको लागि पीडित परिवार राजी भएको जनाइएको छ ।
अभियन्ता रायले बुधबार पाकिस्तानको फैसालावादमा पीडित परिवारसँग गरेको भेटघाटको क्रममा पीडित परिवारले उमेशलाई माफी दिनको लागि राजी भएको सन्देश दिएका छन् ।

रायले फेसबुकमा जारी गरेको भिडियो सन्देशमा सउदीमा दुर्घटनावंश मृत्यू भएका मो. लतिपको परिवारसँग भेट गरेको र खुसीको खवर भन्दै उमेशलाई माफीको लागि राजी भएको बताएका छन् ।
आज भएको भेटवार्तामा पीडित पक्षले अधिकारीक रुपमा उमेशलाई माफी दिएका छन् । सबै प्रक्रियागत नै लिखित माफी दिएका छन् भने त्यस वापतको ब्लडमनीको समेत कुराकानी भएको जनाइएपनि के कति ब्लडमनी लिने बारे खुलाइएको छैन ।
अभियन्ता रायको लगन, अथक प्रयास र सक्रियाको चारैतर्फ प्रशँसा गरिएको छ । राय सउदीमा मृत्यूदण्ड सुनाइएका नेपाल धनुषाका उमेश यादवको माफीनाम पत्र ल्याउनको लागि पाकिस्तान गएका छन् ।
उमेश सउदी अरेबियाको जुबेल स्थित जेलमा विगत १२ वर्षदेखि कैद छन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…