गुजरातमा नमो नमो, मोदीको पार्टी भाजपाको रेकर्ड तोड जीत
यता, हिमाचल प्रदेशमा भने काँग्रेसको सरकार बन्ने पक्का भएको छ । हिमाचलको ६८ सिटमा बिजेपी २५ सिट र ईण्डियन काँग्रेसको ४० सिट जितेको छ । त्यही आम आदमी पार्टी भने एउटा सिट जित्न सकेनन् भने अन्य पार्टीले ३ सिट जितेको छ ।

२०७९ मंसिर २३ शुक्रबार, बिहान ९:२५ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय जनता पार्टी (भाजपा) ले भारतको गुजरातमा रेकर्डतोड जीत हाँसिल गरेको छ ।
गुजरात, हिमाचल प्रदेशमा चलिरहेको चुनावको क्रममा भाजपाले अपेक्षाभन्दा अधिक सिट जितेपछि समग्र गुजराज नरेन्द्र मोदी, नरेन्द्र मोदी (नमो नमो) भएको छ ।
भारतीय जनता पार्टीले सातौँ पटक गुजरातको चुनाव जितेका छन् । यसपालीको जीत भाजपाको लागि साधारण जीत भने होइनन् । अपेक्षाभन्दा अधिक सिट जितेर रेकर्ड तोडेको हो ।
१५० सिटको टारगेट लिएर चुनावी मैदानमा उत्रेको भारतीय जनता पार्टीले शुक्रबार बिहानसम्म १५६ सिट जितेर रेकर्ड तोडेका छन् । यस्तो जनादेश गुजरातको भूमिमा कहिल्यै पनि कसैले पाएका थिएनन् ।
त्यही काँग्रेसले गुजरातमा ४१ प्रतिशत मत पाउँदै आएकोमा यसपाली मात्र २७ प्रतिशत मतमा समेटिएको छ । काँग्रेसको १३ प्रतिशत भोँटमा आम आदमी पार्टीले कब्जा जमाएका छन् ।
गुजरातमा आम आदमी पार्टीले बिजुली, राशन फ्रि दिने वाचा गरेपनि त्यहाँका जनताले अरबिन्द केजरिवाललाई भने पत्याएनन् । झन काँग्रेसलाई बायकट्ट नै गरेको चुनावी नतिजाले देखाएको छ ।
गुजरातमा कुल १८२ सिटमा नरेन्द्र मोदीको बिजेपी पार्टी १५६ सिट, काँग्रेस १७ सिट, आम आदमी पार्टी ५ र अन्य ४ सिट जितेका छन् ।
यता, हिमाचल प्रदेशमा भने काँग्रेसको सरकार बन्ने पक्का भएको छ । हिमाचलको ६८ सिटमा बिजेपी २५ सिट र ईण्डियन काँग्रेसको ४० सिट जितेको छ । त्यही आम आदमी पार्टी भने एउटा सिट जित्न सकेनन् भने अन्य पार्टीले ३ सिट जितेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…