गुजरातमा नमो नमो, मोदीको पार्टी भाजपाको रेकर्ड तोड जीत

२०७९ मङ्सिर २३ शुक्रबार
बिहान ०९:२५ बजे
न्यूज ब्यूरो, डेस्क

न्यूज ब्यूरो, जनकपुरधाम । भारतीय जनता पार्टी (भाजपा) ले भारतको गुजरातमा रेकर्डतोड जीत हाँसिल गरेको छ । 

गुजरात, हिमाचल प्रदेशमा चलिरहेको चुनावको क्रममा भाजपाले अपेक्षाभन्दा अधिक सिट जितेपछि समग्र गुजराज नरेन्द्र मोदी, नरेन्द्र मोदी (नमो नमो) भएको छ । 

भारतीय जनता पार्टीले सातौँ पटक गुजरातको चुनाव जितेका छन् । यसपालीको जीत भाजपाको लागि साधारण जीत भने होइनन् । अपेक्षाभन्दा अधिक सिट जितेर रेकर्ड तोडेको हो । 

१५० सिटको टारगेट लिएर चुनावी मैदानमा उत्रेको भारतीय जनता पार्टीले शुक्रबार बिहानसम्म १५६ सिट जितेर रेकर्ड तोडेका छन् । यस्तो जनादेश गुजरातको भूमिमा कहिल्यै पनि कसैले पाएका थिएनन् । 

त्यही काँग्रेसले गुजरातमा ४१ प्रतिशत मत पाउँदै आएकोमा यसपाली मात्र २७ प्रतिशत मतमा समेटिएको छ । काँग्रेसको १३ प्रतिशत भोँटमा आम आदमी पार्टीले कब्जा जमाएका छन् । 

गुजरातमा आम आदमी पार्टीले बिजुली, राशन फ्रि दिने वाचा गरेपनि त्यहाँका जनताले अरबिन्द केजरिवाललाई भने पत्याएनन् । झन काँग्रेसलाई बायकट्ट नै गरेको चुनावी नतिजाले देखाएको छ । 

गुजरातमा कुल १८२ सिटमा नरेन्द्र मोदीको बिजेपी पार्टी १५६ सिट, काँग्रेस १७ सिट, आम आदमी पार्टी ५ र अन्य ४ सिट जितेका छन् । 

यता, हिमाचल प्रदेशमा भने काँग्रेसको सरकार बन्ने पक्का भएको छ । हिमाचलको ६८ सिटमा बिजेपी २५ सिट र ईण्डियन काँग्रेसको ४० सिट जितेको छ । त्यही आम आदमी पार्टी भने एउटा सिट जित्न सकेनन् भने अन्य पार्टीले ३ सिट जितेको छ । 
 

  • 0%
  • 50%
  • 0%
  • 0%
  • 0%
  • 0%

Why Men rape?

  • २०७९ मङ्सिर २३ शुक्रबार

In 1976, Samuel D. Smithyman published a strange advertisement in a newspaper throughout Los Angeles. Are you a rapist? He was searching for rapists for his research. He was waiting for his

पूरा पढ्नुहोस्

Bureau Menus

} }