पौने ३ लाख मतान्तरले चुनाव जितिन डिम्पल यादव
समाजवादीकी डिम्पल यादवले कुल ६ लाख १७ हजार ६ सय २५ मत प्राप्त गरेकी छन् भने भाजपाका रघुराज सिँहले मात्र ३ लाख २९ हजार ४ सय ८९ मत प्राप्त गरेका हुन् । डिम्पल यादव २ लाख ८८ हजार १ सय ३६ मतान्तरले विजयी हाँसिल गरेकी हुन् ।

२०७९ मंसिर २२ बिहीबार, बेलुकी ५:२७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । छिमेकी राष्ट्र भारतको उत्तर प्रदेशको मैनपुरीबाट समाजवादी पार्टीकी नेतृ डिम्पल यादव पौने ३ लाख मतान्तरले विजयी भएकी हुन् ।
मैनपुरी उपचुनावमा भएको मतगणना सम्पन्नपछि समाजादी पार्टी (सपा) की नेतृ डिम्पल यादवले भारतयि जनता पार्टी (भाजपा) का रघुराज सिँह शाक्यलाई पराजित गरेकी हुन् ।
समाजवादीकी डिम्पल यादवले कुल ६ लाख १७ हजार ६ सय २५ मत प्राप्त गरेकी छन् भने भाजपाका रघुराज सिँहले मात्र ३ लाख २९ हजार ४ सय ८९ मत प्राप्त गरेका हुन् । डिम्पल यादव २ लाख ८८ हजार १ सय ३६ मतान्तरले विजयी हाँसिल गरेकी हुन् ।
डिम्पल यादव समाजवादी पार्टीका अध्यक्ष एवम् उत्तर प्रदेशका पूर्व मुख्यमन्त्री अखिलेश यादवकी श्रीमति हुन् ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…