वडामा किसानलाई मल नदिएर कार्यालय बन्द गरेपछि झडप
मंगलबार तालाबन्दी खोल्ने क्रममा उनीहरु र अर्को पक्षबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको हो । दुबै पक्षले लाठीभाटा लिएर झडपमा उत्रिएका कारण कार्यालयमा लागेको ताला खुल्न सकेको छैन ।

२०७९ मंसिर २१ बुधबार, बिहान ७:५९ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, बारा । मधेश प्रदेश बाराको सिम्रौनगढमा मलको विषयलाई लिएर दुई पक्षबीच झडप भएको छ ।
सिम्रौनगढ नगरपालिकाको ४ नम्बर वडाले कार्यालयले पाएको रासायनिक मल वितरण माग गरिएको आवेदन दिने क्रममा विवाद हुँदा झडप भएको छ ।
वडा कार्यालयले पाएको उक्त मल वितरण गर्न १५ मंसिरदेखि १८ मंसिरसम्म आवेदन दिने समय तय गरिएको थियो । तर, केही किसान आवेदनको अन्तिम मिति रहेको दिन १८ गते अपरान्ह निवेदन लिएर कार्यालय पुगेका थिए । तर, कार्यालय बन्द भइसकेको थियो ।
कार्यालय ४ बजेसम्म खोल्नु पर्नेमा अगाडि नै बन्द गरेर आफूहरुलाई मल लिनबाट बञ्चित गरिएको भन्दै उनीहरुले कार्यालयमा तालाबन्दी गरेका थिए ।
मंगलबार तालाबन्दी खोल्ने क्रममा उनीहरु र अर्को पक्षबीच विवाद हुँदा झडपको अवस्था सिर्जना भएको हो । दुबै पक्षले लाठीभाटा लिएर झडपमा उत्रिएका कारण कार्यालयमा लागेको ताला खुल्न सकेको छैन ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…