प्रदेश २ को मुख्यमन्त्रीको तलब ६० हजार बढी, मन्त्रीहरुको कति ?
न्यूज ब्यूरो || जनकपुरधाम, ११ बैशाख । प्रदेश २ का जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ । विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७०, मन्त्रीको ५७ हजार ७ सय ८०, राज्यमन्त्रीको ५६ हजार ४ सय ९० र सहायकमन्त्रीको ५३ हजार तोकिएको छ । आवास, अतिथि सत्कार

२०७५ बैशाख ११ मंगलबार, दिउँसो ३:४७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ११ बैशाख । प्रदेश २ का जनप्रतिनिधिको पारिश्रमिक तथा सेवा–सुविधासम्बन्धी विधेयक प्रदेश सभा सचिवालयमा दर्ता भएको छ ।
विधेयकमा मुख्यमन्त्रीको तलब ६० हजार ९ सय ७०, मन्त्रीको ५७ हजार ७ सय ८०, राज्यमन्त्रीको ५६ हजार ४ सय ९० र सहायकमन्त्रीको ५३ हजार तोकिएको छ ।
आवास, अतिथि सत्कार, सवारी इन्धन, मोबिल र दैनिक भ्रमणभत्ताबाहेक अन्य सेवा, सुविधा मुख्यमन्त्री, मन्त्री, राज्यमन्त्री र सहायकमन्त्रीको समान छ । मुख्यमन्त्रीलाई आवास सुविधा दिने र अन्य मन्त्रीलाई प्रतिमहिना १५ हजार दिने व्यवस्था गरिएको छ ।
अतिथि सत्कार खर्च मुख्यमन्त्रीलाई मात्र ९तीन हजार० छुट्याइएको छ । इन्धन मुख्यमन्त्रीलाई प्रतिमहिना तीन सय लिटर र अन्यलाई २ सय २५ लिटर उपलब्ध गराइनेछ । 
त्यस्तै, मोबिल प्रत्येक तीन महिनामा मुख्यमन्त्रीलाई दश लिटर र अन्य मन्त्रीलाई ५ लिटर, दैनिक भ्रमणभत्ता मुख्यमन्त्रीलाई तीन हजार र अन्य मन्त्रीलाई दुई हजार दिइनेछ ।
उनीहरूले विशेष भत्ता एक हजार, सञ्चार तथा पत्रपत्रिकाबापत प्रतिमहिना तीन हजार, फर्निचर सुविधाबापत एकमुष्ठ ५० हजार, सवारीसाधन उपलब्ध गराउने, बिजुली, धाराबापत प्रतिमहिना दुई हजारको व्यवस्था विधेयकमा गरिएको छ ।
सभामुखलाई ५८ हजार
सभामुखको पारिश्रमिक ५८ हजार, उपसभामुख, प्रमुख विपक्षी दलका नेता, प्रदेश सभाका विभिन्न समितिका सभापति र सचेतकको पारिश्रमिक ५६ हजार ४ सय ९० र सांसदलाई ५५ हजार तोकिएको छ ।
सभामुखदेखि प्रदेश सभा सदस्यसम्मलाई बैठक भत्ता एक हजार, सञ्चार सुविधा तथा पत्रपत्रिकाका लागि प्रतिमहिना तीन हजार उपलब्ध गराउने उल्लेख छ ।
यस्तै, सभामुखलाई आवास सुविधा उपलब्ध गराउने तथा विपक्षी दलका नेतादेखि सदस्यसम्मलाई प्रतिमहिना १५ हजार दिने व्यवस्था विधेयकमा गरिएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…