१२ किलो गाईको मासु सहित एक जना पक्राउ
न्यूज ब्यूरो || जनकपुरधाम, ११ , बैशाख । १२ किलो गाईको मासु सहित प्रहरीले एक जनालाई पत्राउ गरेको छ । रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको बन्जरहा टोलबाट गाईको मासु सहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन । नेपालको राष्ट्रिय जनावर गाईको मासु भारत बिहारको बलुवाबाट नेपालको बोर्डर बन्जरहा रुट हुँदै ल्

२०७५ बैशाख ११ मंगलबार, दिउँसो २:२० बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो ||
जनकपुरधाम, ११ , बैशाख । १२ किलो गाईको मासु सहित प्रहरीले एक जनालाई पत्राउ गरेको छ ।
रौतहट जिल्लाको ईशनाथ नगरपालिकाको बन्जरहा टोलबाट गाईको मासु सहित १ जनालाई सशस्त्र प्रहरीले पक्राउ गरेका छन ।
नेपालको राष्ट्रिय जनावर गाईको मासु भारत बिहारको बलुवाबाट नेपालको बोर्डर बन्जरहा रुट हुँदै ल्याई रहेको अवस्थामा चेकजाँचको क्रममा सशस्त्र प्रहरीले विशेष सुराकीको आधारमा पक्राउ गर्न सफल भएको छ ।
शस्त्र प्रहरी बल हजमिनिया रौतहटबाट बिशेष सुराकीको अधारमा गएको टोलीले मँगलबार बिहान ईशनाथ नगरपालिकाका बन्जरहा टोलबाट गढीमाई नगरपालिका ३ गमहरीया बस्ने शेख तवारखको २८ बर्षीय छोरा शेख तुफैललाई १२ किलो गाईको मासु सहित सशस्त्र प्रहरीले पक्राउ गरेका छन । 
पक्राउ परेका शेख तुफैल र मासु सशस्त्र प्रहरी बल हजमिनियामा ल्याई पत्रकार सम्मलेन मार्फत जानकारी गराउँदै सरोकारबालाहरुको रोहबरमा मासुलाई खाल्डो खनि नष्ट गरिएको हो ।
यता, पक्राउ परेका शेख तुफैललाई जिल्ला प्रहरी कार्यालय रौतहटमा जिम्मा लगाईएको सशस्त्र प्रहरीका उपरीक्षक प्रेम राज पोखरेलले जानकारी दिए ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…