सिरहाको नरहा गाउँपालिकाको कृषि हाकिम यादवको भारी कालोबजारी, किसानको १०० बोरा बीउ व्यापारीलाई
यता, कृषि अधिकृत रामप्रकाश यादवले गाउँपालिकामा बीउ नै नआएको प्रतिक्रिया दिए भने लहानको बिज भण्डारले गाउँपालिकाको नाममा १०० बोरा गहुँको बीउ खरिद भएको प्रतिक्रिया दिएपछि बीचमा गहुँको ठुलो कालोबजारी भएको देखिएको छ ।

२०७९ मंसिर १२ सोमबार, बिहान १०:०६ बजे२ मिनेट पढाइ
न्यूज ब्यूरो, सिरहा । मधेश प्रदेशस्थित सिरहा जिल्लाको नरहा गाउँपालिकाको कृषि शाखामा व्यापक कालोबजारी देखिएको छ ।
किसानको लागि आएको १०० बोरा गहुँको बीउ व्यापारीलाई दिएको खुलासा भएको छ । गाउँपालिकाबाट सहुलियत मूल्यमा उपलब्ध हुने गहुँको बीउबिजन किसानलाई नदिई सीधा व्यापारीलाई बेचेको खुलासा भएको छ ।
नरहा गाउँपालिकाको नाममा दिएको १०० बोरा गहुँको बीउ स्थानीय एक व्यापारीलाई बेचेको खुलेको छ । नरहा गाउँपालिका वडा नम्बर ५ बलबा बस्ने स्थानीय व्यापारी अमिरी यादवमार्फत १०० बोरा गहुँको बीउ बेचेको खुलेको छ ।
व्यापारी अमिरी यादवले चर्को मूल्य लिएर स्थानीय किसानहरुलाई गहुँको बीउ बिजन उपलब्ध गराईरहेको जानकारीपछि स्टीँग अपरेशनमा गएको न्यूज ब्यूरोको टोलीले बिउबिजन कालोबजारीको पर्दाफास गरेको हो ।
कुनै फर्म, सहकारी वा दर्ता नै नभएको तथा पसल समेत नरहेको अमिरीले गाउँपालिकाको नाममा आएको १०० बोरा गहुँको बीउ सीधा आफ्नो घरमा थापेर बेच्न लागेको हो ।
न्यूज ब्यूरोको टोलीले ४० किलो गहुँबीउको ३००० रुपैयाँ लिएको भनेर बिल दिन भनेपछि उनले बिल दिएनन् । उनले आफू कतैबाट किनेर ल्याई बेचेको मात्र बताए । बिल मागेपछि उनको अनुहार रातोपहेलो भएको थियो ।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…