निर्वाचन क्षेत्र नं. १ मा मातृका यादव दोब्बर मतले पछाडी, हर्न छाप बढदै
यसअघि सुरुवाती अवस्था दमदार राखेको राप्रपालाई जनमत पार्टीका किशोरी साहले पनि पछाडी पारेका हुन् । हल छापको २५५७ मत रहेको छ भने हौरन छापको २५६९ मत रहेको छ ।

२०७९ मंसिर ७ बुधबार, बिहान ११:०७ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको निर्वाचन क्षेत्र नम्बर १ मा माओवादी केन्द्रका नेता मातृका प्रसाद यादव दिपक कार्कीभन्दा दोब्बर मतले पछाडी परेका छन् ।
विहान ११ बजेसम्मको मतपरिणाम अनुसार जसपाका दिपक कार्कीले कुल ५६०७ मत प्राप्त गरेका छन् । सोही ठाउँमा मातृका प्रसाद यादवले ३३२८ मत प्राप्त गरेका छन् ।
यसअघि सुरुवाती अवस्था दमदार राखेको राप्रपालाई जनमत पार्टीका किशोरी साहले पनि पछाडी पारेका हुन् । हल छापको २५५७ मत रहेको छ भने हौरन छापको २५६९ मत रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…