निजी विद्यालयको मनपरी विज्ञापन गरे दर्ता खारेज !
बिनय यादव || सिरहा, ९ बैशाख । सिरहा जिल्ला अन्तर्गत मिर्चैया नगरपालिका भित्रका निजी विद्यालयहरुले गरिरहेको मनपरी विज्ञापन उपर रोक लगाउने भएको छ । शैक्षिकसत्र २०७५/७६ का लागि अनुमति प्राप्त भएको कक्षाभन्दा माथिल्लो कक्षाको बिज्ञापन गरेको र सोही आधारमा भर्ना समेत गरिरहेको कार्यलाई अविलम्ब बन्द गर्न नि

२०७५ बैशाख ९ आइतबार, बेलुकी ७:२१ बजे१ मिनेट पढाइ

बिनय यादव ||
सिरहा, ९ बैशाख । सिरहा जिल्ला अन्तर्गत मिर्चैया नगरपालिका भित्रका निजी विद्यालयहरुले गरिरहेको मनपरी विज्ञापन उपर रोक लगाउने भएको छ ।
शैक्षिकसत्र २०७५/७६ का लागि अनुमति प्राप्त भएको कक्षाभन्दा माथिल्लो कक्षाको बिज्ञापन गरेको र सोही आधारमा भर्ना समेत गरिरहेको कार्यलाई अविलम्ब बन्द गर्न निर्देशन दिइएको हो ।
पछिल्लो समय निजी विद्यालयहरुले मनोमानी तवरले प्रचारप्रसार र विद्यार्थी भर्ना लिने कार्य ह्वात्तै बढेको छ ।
अनुगमनको क्रममा त्यस्तो अवस्थामा पाइएमा थप कक्षा संचालनको अनुमति नदिने र दर्ता खारेज सम्मको प्रक्रिया हुने व्यहोरा समेत जारी निर्देशन पत्रमा उल्लेख गरिएको छ ।
मिर्चैया नगरप्रमुख श्रवण कुमार यादवले न्यूज ब्यूरोसँग कुरा गर्दै नगरपालिकाको निर्देशन पालन नगर्ने विद्यालयलहरुलाई कारवाही गरिने बताए । 
कुनै विद्यालयले मनपरी गरेको भेटिए नगरपालिकामा जानकारी गराउन पनि मेयर यादवले आग्रह गरे ।
मिर्चैया नगरभित्रका निजी विद्यालयहरुले शिक्षा ऐनलाई लत्याउँदै मनपरी गरेको सूचना पाएपछि नगरपालिका आफैले अनुगमन गर्ने तयारी गरिरहेको बताइएको छ ।
अनुगमनको क्रममा अवैद्यानिक विज्ञापन गराएको पाईमा दर्ता समेत खारेज हुने र कानुन बमोजिम कारवाही हुने जनाइएको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…