धनुषा क्षेत्र नं. ४ मा महेन्द्र यादवको प्यानल भारी
सो क्षेत्रमा पार्टीभन्दा पनि सत्रुधन महतोको व्यक्तिगत मोटो मतदाता रहेको छ । जसपा छाडेर नेपाली काँग्रेस ज्वाइन गरेका शेषनारायण यादवको पनि पल्ला उतिकै भारी देखिएपछि महेन्द्रको प्यानल भारी बनेको छ ।

२०७९ कार्तिक २१ सोमबार, बिहान ११:४८ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । आगामी मँसिर ४ गते हुन लागेको प्रतिनीधिसभा सदस्य तथा प्रदेशसभा सदस्यको निर्वाचनको वर्तमान माहौल तातिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा नेपाली काँग्रेसका महेन्द्र यादवको प्यानलको पल्ला अहिले भारी देखिन थालेको छ ।
नेकपा (समाजवादी) पार्टीसँग गठबन्धन गरी धनुषा निर्वाचन क्षेत्र नम्बर ४ मा जारी राखेको घरदैलो कार्यक्रम र वर्तमान माहौलेले महेन्द्रको प्यानल भारी देखिएका छन् ।
प्रतिनीधिसभा सदस्यमा उम्मेदवारी दिएका महेन्द्र यादवलाई क्षेत्र ४ को (क) बाट शेषनारायण यादव र (ख) बाट सत्रुध्न प्रसाद महतोले सघाउने भएको छ ।

सो क्षेत्रमा पार्टीभन्दा पनि सत्रुधन महतोको व्यक्तिगत मोटो मतदाता रहेको छ । जसपा छाडेर नेपाली काँग्रेस ज्वाइन गरेका शेषनारायण यादवको पनि पल्ला उतिकै भारी देखिएपछि महेन्द्रको प्यानल भारी बनेको छ ।
नेपाली काँग्रेस र नेकपा समाजवादीबीचको गठबन्धनले दुवै दलका उम्मेदवारलाई प्रत्यक्ष फाईदा हुने प्रतिनीधिसभा सदस्य उम्मेदवार महेन्द्र यादवले बताए ।
सो क्षेत्रबाट सत्रुधन महतो सधैँ निर्वाचित हुँदै आएको उम्मेदवार हुन भने शेषनारायण यादवको आफ्नो व्यक्तिगत पक्कड रहेको छ ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।
















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…