टिकट नभएको व्यक्ति पनि कतार घुम्न पाउने 

२०७९ कार्तिक २० आइतबार
बिहान ०६:४१ बजे

न्यूज ब्यूरो, कत्तार । कतारमा हुन लागेको पहिलो फुटबल विश्वकपको लागि टिकट नभएको व्यक्तिले पनि कतार घुम्न पाउने जानकारी गराइएको छ । 

आयोजित एक पत्रकार सम्मेलनमा बोल्दै आन्तरिक मन्त्रालय तथा विश्वकप सुरक्षा बलका आधिकारिक प्रवक्ता कर्नेल जबर हम्मुद जबर अल–नुइमीले टिकट नभएका व्यक्ति प्रतियोगिताको समूह चरणको खेल सकिएपछि अर्थात डिसेम्बर २ देखि कतार आउन पाउने बताएका छन् ।

त्यसको लागि एप वा पोर्टल मार्फत हय्या कार्डको लागि आजै देखि आवेदन दिन सकिनेछ । 

कार्ड स्वीकृत हुन यात्रुले होटेल बुकिङ वा आफन्तसंगै बस्ने बन्दोबस्तको प्रमाण पेश गर्नुपर्नेछ । कार्ड जारी गर्न पाँच सय रियाल शुल्क लाग्नेछ ।

हय्या कार्ड भएका व्यक्ति कतारमा जनवरी २३ सम्म बस्न पाउनेछन् ।

  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%
  • 0%

श्रीलँका १५ ओभरमै All Out भएपछि एसिया कपमाथि भारतको कब्जा

  • २०७९ कार्तिक २० आइतबार

न्यूज ब्यूरो, जनकपुरधाम । एसिया कप क्रिकेटको उपाधि भारतले जितेको छ । यो भारतको ८ औं एसिया कप उपाधि हो । फाइनलमा घरेलु टोली श्रीलंकालाई १० विकेटले हराउँदै भारतले उपाधि जितेको

पूरा पढ्नुहोस्

Bureau Menus