आपसी सदभावको लागि मन्दिर निर्माण कार्य सराहनीय : प्रदेश प्रमुख कायश्थ
ब्रम्हानन्द ठाकुर || जनकपुरधाम, ९ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थले मन्दिर निर्माण समाजिक सद्भावको लागि महत्वपूर्ण भएको बताएका छन् । समाजमा आपसी सदभावको भावनालाई बृद्धि गर्ने उद्येश्यका साथ गरिएको मन्दिर निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै चित्रगुप्त भगवानको म

२०७५ बैशाख ९ आइतबार, बिहान ८:०९ बजे१ मिनेट पढाइ

ब्रम्हानन्द ठाकुर ||
जनकपुरधाम, ९ बैशाख । प्रदेश नं. २ का प्रदेश प्रमुख रत्नेश्वरलाल कायश्थले मन्दिर निर्माण समाजिक सद्भावको लागि महत्वपूर्ण भएको बताएका छन् ।
समाजमा आपसी सदभावको भावनालाई बृद्धि गर्ने उद्येश्यका साथ गरिएको मन्दिर निर्माणले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताउँदै चित्रगुप्त भगवानको मन्दिर निर्माण गर्नु एउटा ठूलो सफलता रहेको बताए ।
शनिबार रौतहटको गौरमा निमार्ण गरिएको चित्रगुप्त मन्दिरको उद्धघाटनका क्रममा प्रदेश प्रमुख कायस्थले चित्रगुप्त भगवान कायस्थ जातिको मात्रै हरहिसाब नराखी सम्पुर्ण मानव जातिकै राख्ने हुँदा आफुले गरेको कुनै गल्तीको लागि मन्दिरमा आएर क्षमा माग्न सकिने बताए ।
उनले भने, मन्दिर निर्माण गर्नु समाजका लागि सराहनिय कदम हो, सम्पुण चित्राँश समुदायलाई एकजुट भई सामाजिक कार्यहरुमा लाग्नुपर्छ, र समाजिक सद्भाव कायम रहोस तथा वृद्धि विकासले शिखर चुमोस भनेर
शुभकामना दिन चाहन्छु । 
१७ लाखमा निमार्ण गरिएको सो मन्दिरको उद्धघाटन पश्चात उहाँले चित्रगुप्त भगवानको दर्शन तथा पुजापाठ गर्दै कार्यक्रममा स्मारिकाको बिमोचन समेत गरिएको थियो ।
प्रदेश प्रमुखको प्रमुख आत्थ्यि तथा गँगाधर प्रसादको सभापतित्वमा भएको सो उद्धघाटन कार्यक्रममा प्रदेश प्रमुखका पत्नी सबिता कायस्थ, भुमि सुधार, कृषि तथा सहकारी राज्यमन्त्री योगेन्द्र राय यादव, गौर नगरपालिकाका मेयर अजय कुमार गुप्ता, प्रतिनिधिसभा सदस्य रेखा झा, पुर्व साँसद बबन सिँह, निलम बर्मा सहितको उपस्थिति रहेको थियो ।

कार्यक्रममा प्रदेश प्रमुख तथा उनका पत्नीलाई समितीले मायाको चिनो प्रदान गर्नुका साथै सम्मान समेत गरेको थियो ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्

लेखक















टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…