मिथिलाबिहारीमा अन्तर जिल्ला भलिवल मेयर कप सुरु
नगरपालिकाको वडा नम्बर ६ सिरसियास्थित सुरु भएको मेयर कप प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे । यसका साथै रेफ्रीलाई समेत अनुशासित एवम् निष्पक्ष भएर खेल सँचालन गराउन आग्रह गरे ।

२०७९ कार्तिक ९ बुधबार, बिहान ११:४२ बजे१ मिनेट पढाइ

न्यूज ब्यूरो, जनकपुरधाम । धनुषाको मिथिला बिहारी नगरपालिकामा अन्तर जिल्ला भलिवल मेयर कप प्रतियोगिता सुरु भएको छ ।
दिपावली तथा छठ पर्वको अवसरमा प्रत्येक वर्ष निरन्तर सँचालन हुँदै आएको खेल प्रतियोगिताको क्रममा यसपाली पनि अन्तर जिल्ला भलिवल मेयर कप प्रतियोगिता सुरु भएको हो ।
मिथिला बिहारी नगरपालिकाका मेयर राजेन्द्र प्रसाद यादवले सो खेलको मँगलबार एक समारोहबीच उदघाटन गरे । सो खेलमा जिल्लाको विभिन्न पालिकाबाट खेलाडी टिमहरु सहभागी हुने भएको छ ।
नगरपालिकाको वडा नम्बर ६ सिरसियास्थित सुरु भएको मेयर कप प्रतियोगितामा सहभागी टिमका खेलाडीहरुलाई अनुशासित भएर खेल्न आग्रह गरे । यसका साथै रेफ्रीलाई समेत अनुशासित एवम् निष्पक्ष भएर खेल सँचालन गराउन आग्रह गरे ।
कस्तो महसुस भयो ?
प्रतिक्रिया दिन साइन इन गर्नुहोस्
AI सारांश र अडियो स्वचालित रूपमा तयार गरिएको — सम्पादकीय निगरानीमा प्रकाशित।

टिप्पणी
आफ्नो विचार राख्न साइन इन गर्नुहोस्।
लोड हुँदै…